‘पहिरोले थिच्ने भो, विज्ञ पठाइदेऊ’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १२:१७

नुवाकोट, १३ जेठ । दिनभर टन्टलापुर घाम । भूकम्प र निरन्तर अनुकम्पनले खोक्रिएको बस्ती । जताततै धाँजा फाटेको जमिन । त्यसमाथि मुसलधारे वर्षाले पहिरो बग्न थालेपछि नुवाकोटका अधिकांश गाउँ जोखिममा छन् । सुतेकै बेला पुरिने डरले स्थानीय रातभर जाग्राम बस्न थालेका छन् ।

baniभूकम्पपछि धाँजा फाटेको बस्ती बस्न योग्य भए–नभएको निर्कोल नहुँदा अन्योलमा रहेका उनीहरु परीक्षणका लागि विज्ञ पठाइदिन अनुरोध गरिरहेका छन् । भूकम्पपछि आएको विज्ञ टोलीले घरमा नबस्न सुझाए पनि बस्ती सुरक्षित भए नभएबारे केही नबताएको उनीहरुको गुनासो छ ।

‘केही दिनअघि प्राविधिक आएर घर बस्न योग्य नरहेको बताए तर पहिरोबारे केही बोलेनन्,’ फिकुरी १ का राजकुमार लामाले भने,‘धाँजा फाटेर ढिस्को खस्न ठिक्क परेको छ । त्यसमाथि पानी परिरहेछ । रातभर टर्चलाइट बालेर डाँडातिर हेर्दै जाग्राम बस्छौं । यहाँ बस्न योग्य भए नभएको निक्र्यौल गरिदिनुपर्यो ।’ नागरिक दैनिक

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१