पुरुषका लागि सेक्सी भित्री कपडा तयार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १०:५६

अस्ट्रेलियाको कम्पनी होमे माइस्टरेले पुरुषका लागि सेक्सी भित्री कपडा तयार पारेको छ । बजारमा महिलाले लगाउने भित्री कपडाको मात्र बिगबिगी बढेपछि कम्पनीले पुरुषको लागि पनि यस्तो कपडा तयार पारेको हो ।

sexमहिलाले लगाउनेजस्तै फिता भएको अण्डरवेयर, सिल्क ब्रेसियरहरु बजारमा ल्याएको छ । कम्पनीले यस्ता कपडा तयार पारेसँगै सपिङमा जाँदा पत्नी र प्रेमिकाहरुले सेक्सी भित्री पहिरन किनिरहँदा मुकदर्शक बनेर बस्नुपर्ने पुरुषको बाध्यता हराउने अपेक्षा गरिएको छ । अब पुरुषले पनि महिलासँगै आफ्ना भित्री वस्त्रहरु छानेर समय बिताउन सक्नेछन् ।
सन् २००८ देखि भित्री लुगा तयार पार्दै आएको यो कम्पनीले त्यस्तो लुगा तयार पार्दा सोचेको भन्दा उल्टो प्रतिक्रिया आएको जनाएको छ । कम्पनीले बजारमा अपेक्षाभन्दा बढी कपडाको खपत भएको बताएको छ ।

अहिले उक्त कम्पनीले तयार बनाएको लुगा ३० भन्दा बढी देशहरुमा पाइन थालेको छ । कम्पनीले भविष्यमा बडिबिल्डर पुरुष र तेस्रो लिंगीका लागि समेत विशेषखालको भित्री वस्त्र तयार बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१