ओस्कार विजेता अभिनेत्री निकोल किडम्यानको बैबाहिक सम्बन्ध पुन छुट्न अबस्थामा पुगेकोे खबर सार्वजनिक भएको छ । केथ उर्बानसँग आठौं बिहे गरेकी निकोलको यो बैबाहिक सम्बन्ध पनि टिक्न नसक्ने अबस्थामा पुगेको बताइएको छ । निकै अगाडी देखीनै किडम्यान र उर्बानको सम्बन्धमा तिक्तता सुरु भएको खबरहरु आइरहेका थिए तर खास कुरा के हो भन्ने चाँहि एकिन हुन सकेको थिएन। सो खबरले अहिले मूर्तरुप लिन थालेको बताइन्छ। एक हलिडड पत्रिकाका अनुसार उनीहरु दुबै जना आफ्नो वैवाहिक जीवन टुङ्गाउने निर्णयमा पुगेका छन्। त्यसैले उनीहरु सँगै बस्न छोडिसकेका छन्।
किडम्यान केही समय अगाडी आफ्ना बच्चासहित लन्डन सरिसकेकी छन्। केहि बर्ष अगाडी मात्र केथसँगको प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गरेकी निकोलको खुसीको कारण वैवाहिक सम्बन्धमा बाधिएको बताएकी थिइन तर विस्तारैं केथसँग निकोल असन्तुष्ट रहदैं आएकी छिन् । केथले राम्रोसँग समय नदिने भएका कारण र अन्य पारिवारिक कुराहरु पनि राम्रोसँग नवुझ्ने भएकाले निकोल चाडैंनै सम्बन्ध विक्षेद गर्ने सुरुमा रहेको बताइएको छ । ३९ वर्षीया निकोल र ३८ बर्षिय केथले बिबाह गर्नु भन्दा पुर्व हामी भाग्यका धनी हौं, ‘किन भने हामी एकअर्काप्रति पुरै समर्पित छौ’ भन्दैं एकसाथ कसम खाएको समाचारले पनि निकै ठुलो चर्चा पाएको थियो ।
प्रतिक्रिया