एनपिएल : कलर्स एक्स फ्याक्टर लिग चरणबाटै बाहिरियो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०६:१३

कञ्चनपुर, ६ जेठ । ज्ञानेन्द्र मल्ल नेतृत्वको कलर्स एक्स फ्याक्टर एनपीएल क्रिकेटको लिग चरणबाटै बाहिरिएको छ ।
महेन्द्रनगरमा भएको खेलमा पञ्चकन्या तेजसँग १ सय ५६ रनले पराजित भएपछि कलर्स प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको हो ।
२ सय ७७ रनको लक्ष्य पछ्याएको कलर्स ३४ ओभरमा १ सय २० रनमा अल आउट भयो । कलर्सलाई सस्तैमा सीमित गर्न पञ्चकन्याका भुवन कार्कीले ५ विकेट लिए । यसअघि शरद भेषावकर नेतृत्वको पन्चकन्याले पुष्प थापाको ९१ रन मद्दतमा निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २ सय ७६ रन बनाएको थियो ।
४ खेलमध्ये कलर्स ३ खेलमा पराजित भयो । शक्ति गौचन नेतृत्वको जगदम्बा जायन्ट्ले भने प्रतियोगितामा तेस्रो जित निकाल्दै अर्को चरण प्रवेशको संभावना बलियो बनाएको छ । धनगढीमा जगदम्बाले कान्तिपुर गोर्खाजलाई १३ रनले हरायो ।
२ सय २ को लक्ष्य पछ्याएको कान्तिपुरले निर्धारित ओभरमा १ सय ८८ रन मात्रै बनाउन सक्यो । प्रदीप ऐरीले ७८ रनको पाली खेलेपनि टोलीको हार टार्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको जगदम्बाले ४९ ओभरमा अलआउट हुँदै २ सय १ रन बनाएका थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१