मानसिक तनाव हटाउन शिक्षकलाई मनोसामाजिक परामर्श

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार १०:१४

माधव अधिकारी

काठमाडौँ,१३ जेठ । विनाशकारी भूकम्पका कारण उत्पन्न मानसिक तनाव व्यवस्थापनमा सहयोग गर्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन,भक्तपुरको आयोजना मंगलबार एकदिने मनोसामाजिक परामर्श कार्यक्रम भक्तपुरमा सम्पन्न भएको छ ।विभिन्न विद्यालयका प्रिन्सिपल,शिक्षक,अभिभावक,विद्यार्थी र सर्वसाधारणको सहभागिता रहेको कार्यक्रमको सहजीकरण जीवन विज्ञान केन्द्रका संस्थापक तथा एपेक्स कलेजका प्रिन्सिपल एल.पी.भानु शर्माले गरेका थिए ।भूकम्पका कारण पैदा हुने मानसिक रोगको आध्यत्मिक र मनोसमाजिक उपचार बारे शर्माले जानकारी दिएका थिए ।उनले सहभागीलाई मानसिक शान्ति प्रदान गर्ने केही ध्यान विधिको प्रयोग पनि गराएका थिए ।
manosaसमारोहमा एप्ेक्स लाइफ स्कुलका प्रिन्सिपल सुवास न्यौपानेले बालबालिकको तनाव व्यवस्थापनमा शिक्षक र अभिभावकको भूमिका महत्वपूर्ण हुन बताए ।प्याब्सन,भक्तपुरका अध्यक्ष राजकुमार महर्जनले भविष्यमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।समारोहमा काठमाडौँ,ललितपुर र भक्तपुरका पाँच सय जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१