एभिन्युज टेलिभिजनको इजाजतपत्र सरकारले रद्द गर्यो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१३ जेष्ठ २०७२, बुधबार ०९:२७

काठमाडौं, १३ जेठ।  सूचना तथा सञ्चार मन्त्रालयले एभिन्युज टेलिभिजन प्रालिको इजाजतपत्र रद्द गरेको छ । सरकारले संविधानप्रदत्त अधिकार हनन हुने गरी सञ्चार माध्यमको प्रसारण रोकेको भन्दै टेलिभिजन सञ्चालकहरुले त्यसको तीव्र भत्र्सना गरेका छन् । निजी क्षेत्रका टेलिभिजनहरुको प्रतिनिधिमूलक साझा संस्था टेलिभिजन ब्रोडकास्टर्स नेपाल (टीबीएन)ले मंगलबार एक विज्ञप्ति जारी गरेर एभिन्युजको इजाजतपत्र जेठ ७ मा अनपेक्षित ढंगले रद्द गरिएको आधिकारिक जानकारी दिएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१