नुवाकोट ,१३ जेठ । नरसिंह केसीले महाभूकम्पबाट क्षतीग्रस्त भएका नुवाकोट जिल्लाका विभिन्न गाविसको स्थलगत निरिक्षण र राहत वितरण अवस्थाको अनुगमन गर्नुभएको छ ।
२० बढी गाविस भूकम्प पछि अहिलेसम्म घुमेर राहत वितरणमै सहभागी भइसकेको थिएं सभासद जगदिश्वर नरसिँह केसीले भन्नुभयो अहिले भने भुकम्पले क्षतिग्रस्त गाविसहरुमा राहत वितरण कसरी भयो र भइरहेको छ भन्ने बुझ्नको लागि आएको हो । राहत वितरणको क्रममा विभिन्न गाविसमा कतै धेरैपटक बाँडीएको र कतै नपुगेको गुनासो पुगेपछि आफुहरु विभिन्न संस्था र सरकारले वितरण गरिरहेको खाद्यान्न तथा नगद राहत वितरणको अवस्था बुझ्न आएको सभासद अर्जुन नरसिँह केसीले बताउनुभयो ।
सभासद केसीले स्वास्थ्यमा स मा मस्याका बाबजुद जिल्लाको तालाखु,छाप र सिक्रे लिखु, माहाकाली, खोलेगाउँ लगायत गाविसको स्थलगत निरिक्षण गर्नुभएको थियो ।
निरिक्षणका क्रममा नेता अर्जुन नरसिँह केसीले गाविसका विभिन्न वडाहरु तथा बिद्धालयहरुमा भूकम्प पिडीहरुसंग छलफल सहित स्थानीय समस्या र पुनःनिर्माण बारे छलफल गर्नुभएको थियो ।
भूकम्प गएकै दिन बैशाख १२ गतेदेखी जिल्लामा रहनुभएका सभासद जगदिश्वर नरसिँह केसीले राहत वितरण, उद्दार तथा बिरामीको उपचारमा सघाउँदै आउनुभएको छ ।
राहत वितरणमा प्रशासनबाटै असहयोग र राजनीतिक आस्थाका आधारमा भएका अव्यवस्थित राहत वितरणमा प्रशासनलाई समेत दवाव दिंदै आएको बताउँदै सभासद केसीले संविधानसभा र सरकार समक्ष आफुले भूकम्प पीडितहरुको राहत र पूर्नस्थापनाको लागि सक्दो सहयोग र राहत वितरणको पहल गरिरहेको बताउनुभयो ।
नुवाकोट जिल्लामा महाभूकम्पको विपत्तीमा परि करिव ११ सय जनाको मृत्यु तथा ४० हजार घर बस्न नमिल्नेगरि क्षतीग्रस्त वा भत्किएको र अर्बौं रुपैयाँ बराबरको क्षती भएको छ ।
– topnepalnews.com
प्रतिक्रिया