काठमाडौं,१२ जेठ । नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीले प्राकृति विपद्को पूर्व तयारी तथा व्यवस्थापन गर्न नसक्दा हाल ठूलो जनधनको क्षति हुन पुगेको बताएकी छिन् । भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रममा उपाध्यक्ष भण्डारील भनिन्, ‘भूकम्प र मृत्यु दुवै अपरिकल्पनीय घटना हुन् । भूकम्प र मृत्यु उही हो ।’ ‘भूकम्प जानसक्छ भनेर पूर्व व्यवस्थापन र तयारी गर्न सकेनौँ । प्राकृतिक विपद्को व्यवस्थापनमा राज्यका संयन्त्र कमजोर रैछन् । यसले हामीलाई भविष्यका लागि पाठ सिकायो’ उपाध्यक्ष भण्डारीले थपिन् । उनले पूर्नवास बर्खायाम अघिनै सम्पन्न गरिसक्नुपर्ने बताउदै भनिन् , ‘सूरक्षित स्थानमा स्थानान्तरण गर्न सक्यौ भने मात्र बर्खायाममा हुने थप क्षतिबाट जोगिन सक्छौ ।’
साथै कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विद्यायदेवी भण्डारीको प्रमुख उपस्थिति एव्म उद्योगमन्त्री महेश बस्नेतको विशेष उपस्थितिमा भक्तपुरमा भूकम्प पीडितलाई एक सय वटा घर टहरा हस्तान्तरण गरिएको छ । भक्तपुर युवा संघ नेपालको घर टहरा हस्तान्तरण कार्यक्रम अन्तरगत उपाध्यक्ष भण्डारी र मन्त्री बस्नेतले घर टहरा हस्तान्तरण गरेका हुन् ।
उद्योगमन्त्री महेश बस्नेतले भूकम्प पश्चात् हुने पुर्ननिमार्ण तथा पुर्नवासका कार्यक्रम वैज्ञानिक र रचनात्मक ढंगले सञ्चालन गर्नुपर्नेमा जोड दिए । उहाँले भूकम्प गएको अर्को दिनदेखि उद्वार, राहत र पुर्नवासमा युवा संघले देखाएको सशक्त भूमिकाको प्रशंसा गरे । उनले भने, ‘युवा संघ देशलाई अप्ठेरो पर्दा जहिले नी अगाडी सर्ने गरेको छ । यसलाई नयाँ नेतृत्वले कायम राख्नुहोस् । ’
प्रतिक्रिया