एएफसी क्षेत्रीय फुटबल फेस्टिबलमा अपराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १४:२४

नेपालले १४ वर्ष मुनीको एएफसी क्षेत्रीय फुटबल फेस्टिबलमा अपराजित रहँदै आफ्ना खेल सकेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा ताजकिस्तानसँग २–२ गोलको बराबरी खेल्दै नेपाल प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको समापन गरेको हो ।

footअन्तिम खेलमा ताजकिस्तान विरुद्ध २–० को अग्रता लिएको नेपालले अन्तिममा सम्हालिन नसक्दा बराबरीमा चित्त बुझाउनुपरेको हो । खेल सुरु भएको १३ औं मिनेटमा मनिस थापाले नेपाललाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा अनिल महर्जनले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । तर दोस्रो हाफको तेस्रो मिनेटमानै ताजकिस्तानले गोल गर्‍यो । पहिलो गोल गरेको ४ मिनेट बित्न नपाउँदै ताजकिस्तानले बराबरी गोल गर्‍यो । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो । प्रतियोगितामा यसअघि भएका २ खेलमा नेपालले जित हात पारेको थियो । नेपालले पहिलो खेलमा पाकिस्तानलाई १–० ले हराएको थियो । त्यस्तै सोमबार भएको खेलमा अफगानिस्तानमाथि २–० को सहज जित हात पारेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१