सेलकनको नयाँ स्मार्टफोन ‘क्याम्पस क्यू ४०५’ सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १३:४५

smirtphoneभारतीय मोबाइल निर्माता कम्पनी सेलकनले आफ्नो नयाँ स्मार्टफोन ‘क्याम्पस क्यू ४०५’ सार्वजनिक गरेको छ । एन्ड्रोइडको ४.४ किटक्याट अपरेटिङ सिस्टममा काम गर्ने यो मोबाइलमा ४८० x  ८०० पीक्सेल रिजोलुशनको गुणस्तर छ । ‘क्याम्पस क्यू ४०५’ मा ५१२ एमबी र्याम र ४ जीबी इन्टरनल मेमोरी रहेको छ । यसमा डबल्यू भिजीए ४ इन्चको डिस्प्ले र १.२ जीएचजेड क्वाड–कोर प्रोसेसर रहेको छ । साथै यसको पछाडि एलइडि फ्ल्यास सहितको ३.२ मेगापीक्सेलको क्यामरा र आगाडि १.३ मेगापीक्सेलको क्यामरा रहेको छ । यसमा १५०० एमएएच ब्याट्री रहेको छ । यो फोन ९.९ मिमि पातलो छ र यसको मूल्य ३ हजार १ सय उनान्सय भारतीय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१