काठमाडौं,१२ जेठ । नेपालका भूकम्प पिडीतका लागि गैरआवासीय नेपाली संघले पहिलो चरणमा घोषणा गरेको आपतकालिन राहत वितरण कार्यक्रमअन्तर्गत १२ गते आएको महाभूकम्प लगत्तै गैरआवासीय नेपाली संघले घोषणा गरेको राहत कार्यक्रम अन्तर्गत अति प्रभावित १३ जिल्लाका करिव १७ हजार परिवारलाई राहत वितरण गरिएको छ । जसबाट अनुमानित करिव ६८ हजार भूकम्पपिडीत प्रत्यक्ष लाभान्वित भएका छन् । एनआरएनले वितरण गरेको राहत प्याकेजमा त्रिपाल, कम्बल, चामल, चिउरा, चाउचाउ र मेडिकल क्याम्प लगायत थिए । यसक्रममा गैरआवासीय नेपाली संघले १७ हजार थान त्रिपाल, २१ हजार थान कम्बल, ७३ हजार किलो चालम, ५ हजार किलो चिउरा, १ लाख ७१ हजार प्याकेट चाउचाउ वितरण गरेको छ ।
राहत कार्यक्रममा संसारभरबाट नेपाल आएका तीन सय भन्दा धेरै स्वयंसेवक परिचालित भएका थिए । राहत प्याकेजसंगै गैरआवासीय नेपाली संघले बिभिन्न जिल्लामा २६ वटा मेडिकल क्याम्प सञ्चालन गरेको थियो । बिभिन्न देशमा कार्यरत गैरआवासीय नेपाली डाक्टर, नर्स लगायतका स्वयंसेवीले भूकम्प प्रभावित दुर्गम गाउँहरुमा पुगी हजारौं बिरामीको चेक जााच गरी सेवा गरेका थिए ।
गैरआवासीय नेपाली संघले सुरुमा सरकारले अति प्रभावित घोषणा गरेको ८ जिल्लामा राहत वितरण गर्ने तयारी गरे पनि दोस्रो भूकम्पले थप जिल्लाहरुमा क्षति पुर्याएपछि राहत वितरण विस्तार गरेको थियो । जसअनुसार गैरआवासीय नेपाली संघले गोर्खा, लमजुङ, धादिङ, नुवाकोट, रसुवा, काठमाण्डौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुली र सोलुखुम्बु गरी १३ जिल्लाका बिभिन्न गाउँविकाश समितिमा पुगेर राहत वितरण गरेको छ । एनआरएनले नेपाल सरकार र सम्बन्धित जिल्ला प्रशासन कार्यलयसँग समन्वय र सहकार्य गरी वास्तविक पिडीतसमक्ष आफैले राहत पुर्याएको हो ।
‘यो बिषम परिस्थीतिमा हामीले निकै ठूलो जोखिम उठाएर पिडीत दाजुभाई दिदीबहिनीसमक्ष आफ्नै हातले राहत पुर्याउने प्रण गरेका थियौं’ एनआरएन अध्यक्ष घलेले भने–‘निकै कठिनाईका बाबजुद हामीले वास्तविक पिडीत समक्ष पहिलोपटक राहत पुर्याउन पाउादा निकै सन्तोष मिलेको छ ।’ अब पुनस्निर्माण अभियानमा आपतकालिन राहत वितरण समापन भएको घोषणा गर्दै अध्यक्ष घलेले अब पुनस्निर्माणमा केन्द्रित हुने जानकारी दिए । ‘हामीले ३५ करोड रुपैयाँको लागतमा भूकम्पपिडीतका लागि एक हजार घर निर्माण गर्ने घोषणा गरेका छौं’ अध्यक्ष घलेले भने–‘त्यसको ठोस खाका तयार गर्न हामीले सरकार, विभिन्न गैरसरकारी संस्था र स्थानीय जनतासंगको छलफललाई तिब्रता दिइरहेको छौं ।’ सरकारको नीति र स्थानीयवासीको आबश्यकतालाई ध्यान दिादै गैरआवासीय नेपाली संघलाई राष्ट्र पुनस्निर्माणको साझेदारका रुपमा अगाडी बढाउने अध्यक्ष घलेले जानकारी दिए । मुलुक महावितपमा परेका बेला गैरआवासीय नेपाली संघले अहिलेसम्मकै ठूलो परोपकारी अभियान सञ्चालन गरेर नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक बनाएको भन्दै अध्यक्ष घलेले यो अभियानमा सहभागी बिश्वभर रहेका सवै गैरआवासीय नेपालीप्रति आभार प्रकट गरे ।
यस्तो विषम परिस्थीतिमा राहत बितरण प्रकृयालाई सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, सुरक्षा निकाय, बिभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारी तथा सयौंको संख्यामा बिभिन्न देशबाट आउनुभएका गैरआवासीय नेपाली स्वयंसेवक र संचारमाध्यमप्रति अध्यक्ष घलेले हार्दिक आभार प्रकट गरे । आपतकालिन राहत बितरण सकिए पनि मातृभूमी नेपाललाई भूकम्पको पिडाबाट तंग्रिन अझै ठूलो सहयोग जरुरी रहेको भन्दै अध्यक्ष घलेले आफ्नो सीप र पूाजीलाई राष्ट्र पुनस्निर्माणको अभियानमा लगाउन संसारभरीका गैरआवासीय नेपालीहरुलाई आह्वान गरे । यो प्रकृयामा गैरआवासीय नेपाली संघले नेतृत्व र सहजीकरण गर्ने उनले विश्वास दिलाए।
प्रतिक्रिया