भाडाका हत्यारा प्रयोग गरि दुइ नेपाली श्रमिकको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १३:०८

नयाँ दिल्ली,१२ जेठ । भारतको हरियाणा फरिदावाद शहरस्थित जव्वल इन्ड्रस्ट्रियल एरियामा मृत भेटिएका दुइ नेपाली श्रमिकको हत्या भएको पुष्टि भएको छ । जागिरसम्बन्धी रिसइवीका कारण ‘भाडाका हत्यारा प्रयोग गरि उनिहरुको हत्या भएको अनुसन्धानबाट प्रमाण फेला परेको हो । चार दिनदेखि बेपत्ता तनहु भानु गाविस–७ का ४५ बर्षिय मिलन ढकाल र मिलनकहा भेटघाटमा पुगेका ३३ बर्षिय अर्जुन ढकाल अघिल्लो हप्ता मृत अबस्थामा भेटिएका थिए ।

refबदरपुर बोर्डरको प्रहरी अनुसन्धान शाखाको पछिल्लो अनुसन्धान अनुसार मिलन र अर्जुनको हत्यामा ‘भाडाका हत्यारा’को संलग्नता देखिएको छ । उत्तर प्रदेश, आजमगढबासी कृपाशंकरको निर्देशनमा आजमगढकै राकेश र रायबरेली बस्ने अनुरागले हत्या गरेको पाइएको छ । तीनैजना अभियुक्तलाई अदालतमा पेश गरिएको छ । गत महिना एक महिने छुट्टीमा मिलन नेपाल आएका बेला उनकै काम र पदमा काम पाएका कृपाशंकरलाई मिलन घरबाट फर्केपछि जागिरबाट निकालिएको थियो । यही रिसमा भाडाका हत्यारा खोजेर कृपाशंकरले दुइ नेपाली श्रमिकको हत्या गरेको प्रहरीको दावी छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१