हप्तामा चारवटा अण्डा सेवन गर्र्नु स्वास्थ्यका लागि फाइदाजनक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार ११:५०

एजेन्सी । हालै भएको एउटा अनुसन्धानले हप्तामा कम्तिमा चारवटा अण्डा सेवन स्वास्थ्यका लागि फाइदाजनक हुने पत्ता लागेको छ । युनिभर्सिटी अफ इस्टर्न फिनल्याण्डको शोधकर्ताले आफ्नो अध्ययनका आधारमा भनेका छन्, ‘हप्तामा चारवटा अण्डाको सेवनले मधुमोहको जोखिमलाई एक तिहाई प्रतिशत न्यूनिकरण गर्दछ । शोधकर्ताहरुले ४२ देखि ६० वर्ष उमेर समूहका २, ३३२ पुरुषहरुमाथि गरिएको परीक्षणको आधारमा यो निष्कर्षमा पुगेका हुन् । उनीहरुका अनुसार, जसले एक हप्तामा चारवटा अण्डा खानछन्, उसलाई मधुमेहको जोखिम ३७ प्रतिशत कम हुन्छ । यस अध्ययन अमेरिक जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा प्रकाशित भएको छ ।

eggउच्च चिल्लो पदार्थ भएका डाइट दुग्ध उत्पादनजस्ता पदार्थहरु जस्तै चीज, दही र अण्डाको सेवनबाट डायबेटिजको जोखिम २३ प्रतिशतसम्म कम हुन्छ ।
स्वीडेनमा गरिएको यो अध्ययनमा यस्ता उत्पादनहरुको सेवनबाट बैड कोलेस्ट्रोल कम हुन्छ । यद्यपि यस अनुसन्धानबाट बोसोयुक्त मासुको सेवनबाट भने यस्तो जोखिम बढ्न सक्छ । शोधकर्ताहरुले आफ्नो अध्ययनको आधारमा चिल्लो खानेकुराले शरीरमा प्रत्यक्ष प्रभाव पार्ने हुनाले यस्तो खानेकुरा सन्तुलित रुपमा खानुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१