द नेपाली भिजन पत्रिकाद्वारा नेपाली यूवाहरु सिड्नीमा सम्मानित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ जेष्ठ २०७१, मंगलवार ०५:५९

राम रुवाली,अस्ट्रेलिया

सिड्नी द नेपाली भिजन पत्रिका सन् २०१२ मा सिड्नीमा स्थापना भएको एक नेपाली पत्रिका हो। अस्ट्रेलियाको सिड्नी शहरबाट मासिक रुपमा प्रकाशित हुदै आईरहेको यो पत्रिकाले “The Nepali Vision Night 2014” ,नेपाली समुदायका यूबाहरुको सम्मानका लागि समर्पित, कार्यक्रम भब्य रात्रिभोजको आयोजना गरि 17 May शनिबारका दिन सम्पन्न गरेको छ ।10370555_764230820274944_2041144864_n यो कार्यक्रम अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका यूबाहरुलाई सम्मानको निमित्त मुख्य लक्ष्य राखी आयोजना गरिएको थियो। द नेपाली भिजन पत्रिकाले बिगत १६ महिना देखि नेपाली समुदायका यूबाहरुलाई उनीहरको प्रतिभाको कदर गर्दै “The Nepali Vision of the month” को उपाधिबाट प्रतेक महिना एक जना प्रतिभाको कदर गर्दै अस्ट्रेलिया र बिश्वमा एक प्रतिभाशालि नेपाली यूबा सेलिब्रिटीको रुपमा चिनाउदै आईरहेको छ। अहिले सम्म १६ जना यूबा प्रतिभाहरुलाई यो पत्रिकाले “दि नेपाली भिजन यूथ अफ दि मन्थ” को उपाधिबाट सम्मान गरि सकेको छ। यिनै प्रतिभाहरुले नेपाली समुदायमा पुर्याएको योगदान र उनीहरुको कार्य क्षमतालाई अझ हौसाला प्रदान गर्न यो कार्यक्रमको आयोजना गरिएको यस द नेपाली भिजन पत्रिकाका प्रकाशक तथा प्रमुख सम्पादक कृष्ण गिरीले जानकारी गराउनु भएको थियो। खेलकुद, शिक्षा, साहित्य, गाएन तथा निर्त्य क्षेत्रमा बिशेष ख्याति प्राप्त The Nepali Vision of the month हरुलाई प्रमुख अतिथि, बिशेस अतिथि र द नेपाली भिजन पत्रिकाका प्रकाशक एबम प्रमुख सम्पादक कृष्ण गिरीले ताम्र पत्र सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नु भएको थियो । यसरी सम्मानित हुनेहरुमा New South Wales राज्यबाट HSC 2013 मा उच्च श्रेणीमा पास भएका नेपाली छात्र एल्भिस डंगोल ,गाएकहरु राजेश के. सी.,राज कुमार गोश्वामी, आशिस श्रेष्ठ, कोरियोग्राफरमा बिशेस ख्याति प्राप्त तेकीन्द्र लिम्बु, भीमसेन गुरुङ्ग , साहित्यकार एबम गाएक प्रदिप चापागाईं, निर्त्य तर्फबाट सन्तोकी के . सी . डान्सर तथा खेलाडी सुपर गुरुङ्ग अनि भिडियोग्राफर सौरभ मानन्धर परेका थिए। 972634_764230486941644_748637432_nयी सम्मानित प्रतिभाहरुले आ -आफ्नो गीत तथा निर्त्य प्रदर्शन गरि उपस्थित पाहुना हरुलाई मनोरंजन प्रदान गरेका थिय। NRNA ग्लोबल अधक्ष्य शेष घले प्रमुख अतिथि रहनु भएको यस कार्यक्रम मा अस्ट्रेलियाका लागि महामयिम राजदूत रुद्र कुमार नेपाल र अस्ट्रेलिया सरकारका सिनेटर Sam Dastyari बिशेस अतिथिका रुपमा उपस्थित हुनु भएको थियो। नेपाली समाज सिड्नी वर पर र मेल्ब्रन तथा क्यानबेरा राज्यहरुबाट समेत नेपाली समाजका अगुवाहरु विभिन्न शंघ संस्थाका प्रतिनिधिहरु, ब्यबसायी र पत्रकारहरुको यस कार्यक्रममा बाक्लो उपस्थित रहेको थियो।974332_764230633608296_510305482_n यो कार्यक्रमको अध्यक्षता स्वयं द नेपाली भिजन पत्रिकाका प्रकाशक एबम प्रमुख सम्पादक कृष्ण गिरीले गर्नु भएको थियो। कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथिका रुपमा रहनु भएका NRNA ग्लोबल अधक्ष्य शेष घलेले यसरी पहिलो पटक अस्ट्रेलियाको नेपाली समुदाय माझ पृथक शैलीमा यस्तो प्रेरणा मुलक कार्यक्रमको सुरुवात र आयोजना गर्ने द नेपाली भिजन पत्रिकाको प्रसंशा गर्दै बिभिद उच्च शिक्षा र सुनौलो अवसरको खोजीमा अस्ट्रेलियामा आइपुगी बसोबास गरेका हामी नेपालीहरु मात्र भाग्यशाली भएका छैनौ यस्तो प्रतिभाशाली मेहनती नेपाली समुदायबाट पनि भोलिका जिम्मेवार यूबाहरु अस्ट्रेलिया देशले पाउनुलाई पनि अस्ट्रेलियालाई भाग्यमानी मान्नु पर्दछ भन्नु भएको थियो। त्यस्तै गरि बिशेष अतिथिहरु महामयिम नेपाली राजदूत रुद्र कुमार नेपाल तथा सिनेटर Sam Dastyari ले यूबा प्रतिभाहरुको हौसलाको निमित्त यस्तो कार्यक्रमको आयोजना गरेकोमा द नेपाली भिजन पत्रिका र यसका टिम लाई धन्यबाद दिदै अगामी दिनमा यस्ता नेपाली समुदायमा हुने गतिविधिहरुलाई सधै सघाउने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको अन्तमा यस “The Nepali Vision Night 2014” संचालकका अध्यक्ष एबम आयोजक द नेपाली भिजन पत्रिकाका प्रकाशक एबम प्रमुख सम्पादक कृष्ण गिरीले कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण पाहुनाहरु तथा कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण टिमहरुलाई धन्यबाद दिनु भएको थियो। यो “The Nepali Vision Night 2014” कार्यक्रम सिड्नी शहरको दक्षिणमा पर्ने रक्डेल अबस्थित एभरेस्ट फंसन सेन्टरमा आयोजान गरि सम्पन भएको हो।1477650_764230580274968_2000839634_n

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख २२, २०८१