आमाले छोरीलाई गाली गरेको भिडियो भयो भाइरल (भिडियो)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १०:३९

एजेन्सी । अमेरिकामा एक आमाले आफ्नी १३ वर्षीया छोरीलाई गाली गरिरहेको भिडियो भाइरल भइरहेको छ । भिडियोमा छोरीले फेसबुकमा आफ्नो उमेर बढाएर १९ वर्ष लेखेको भन्दै आमाले गाली गरिरहेकी छिन् । उमेर ढाँटेपछि उनले छोरीको वास्तविक उमेर सोध्दै कडाइका साथ सोधपुछ गरिरहेकी देखिन्छिन् ।
तर के कुनै किशोरीलाई यसरी सार्वजनिक रुपमा गाली गर्दै लाजमर्दो अवस्था सिर्जना गर्नु ठिक हो ? उक्त महिलाको नाम हो स्टाक्र्स र उनी आफ्नी १३ वर्षीया छोरीले फेसबुकमा उमेर ढाँटेर १९ वर्ष बताएपछि रिसले चुर छिन् ।
उनले बारम्बार छोरीलाई क्यामरातिर हेरेर आफ्नो उमेर १३ वर्ष हो १९ होइन भन्न हकारीरहेकी छिन् ।

gaiबढी उमेरको केटासँग च्याट
किशोरीले १९ वर्ष उल्लेख गरेको आफ्नो एकाउन्ट बढी उमेरका केटाहरुसँग कुराकानी गर्न प्रयोग गर्ने गरेकी थिइन् । छोरीको यस्तो हर्कतबाट आजित भएपछि उनले छोरीलाई नै गाली गर्दै एउटा भिडियो बनाइन् र फेसबुकबाटै सार्वजनिक गरिदिइन् । ३ लाख पटक हेरिएको यो भिडियो विश्वका लाखौं मानिसले शेयर गरेका छन् । उक्त भिडियो भाइरल बनेपछि स्टाक्र्सले एक अर्को भिडियो अपलोड गर्दै भनेकी छिन्– ‘म एक अपराधी हुँ, जेल पनि गइसकेकी छु र जागिर पाउनका लागि मैले धेरै पापड बेलेकी छु ।’ उनले भिडियोमा आफ्नो बच्चाले पनि आफूले जस्तै दुःख नपाओस् भन्ने चाहेको स्पष्ट पारेकी छिन् । यस भिडियोमा १० हजार भन्दा बढी मासिनले टिप्पणी गरेका छन् । कतिले आमाको पक्षमा वकालत गरेका छन् भने कसैले छोरीको पक्षमा । एक दर्शकले भनेका छन्, ‘उनकी कसैको ध्यानाकर्षण गर्न फेसबुकमा झूटो बोल्न र अरुलाई धोका दिन सक्छिन् भने माफी माग्न पनि तयार हुनुपर्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१