न्युजिल्याण्ड ईंग्ल्याण्डसँग पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १०:२८

इंग्ल्याण्ड भ्रमणमा रहेको न्युजिल्याण्ड पहिलो टेष्टमा ईंग्ल्याण्डसँग १ सय २४ रनले पराजित भएको छ । सोमबार राति सम्पन्न खेलमा ईंग्ल्याण्डले न्युजिल्याण्डलाई १ सय २४ रनले पराजित गर्दै २ खेलको श्रृँखलामा १–० अग्रता लिएको हो । ईंग्ल्याण्डको घरेलुमैदान लर्डसमा भएको खेलमा ईंग्ल्याण्डले दिएको ३ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्ड पाँचौ दिन २ सय २० रनमै अल आउट भयो । दोश्रो इनिङमा न्युजिल्याण्डका कोरे एण्डरसनले ६७ र विजे वाटलिङले ५९ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका कप्तान ब्रेण्डम म्याकुलम सहित ३ जना ब्याट्सम्यान खाता नखोल्दै पवेलियन फर्के ।

newsgar ईंग्ल्याण्डको जितमा स्टुवार्ड वोर्ड र वेन स्टोकले समान ३–३ विकेट लिए । लर्डसमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले पहिलो इनिङमा ३ सय ८९ र दोश्रो इनिङमा ४ सय ७८ रन बनाएको थियो । ईंग्ल्याण्डका लागि पहिलो इनिङमा जोए रुटले ९८, वेन स्टोकले ९२, जस वटलरले ६७ र मोइन अलीले ५८ रनको पारि खेलेका थिए । पहिलो इनिङमा न्युजिल्याण्डका ट्रेन्ट वोल्ट र म्याट हेनरीले समान ४–४ विकेट लिए । न्युजिल्याण्डले भने पहिलो इनिङमा केन विलिमसनको १ सय ३२ रनको मद्दतमा ५ सय २३ रनको योगफल तयार पारेको थियो । पहिलो इनिङमा न्युजिल्याण्डका मार्टिन गुपटिलले ७०,रोस टेलरले ६२, विजे वाटलिङले ६१ र टोम लाथमले ५९ रन बनाए । ईंग्ल्याण्डका स्टुवार्ड वोर्ड, मार्क उड र मोइन अलीले समान ३ विकेट लिए । पहिलो इनिङमा कम स्कोरमा समेटिएको ईंग्ल्याण्डले दोश्रो इनिङमा भने कप्तान एलेस्टर कुक र वेन स्टोकको शतकको मदतले ४ सय ७८ रनको योगफल तयार पारेको थियो । दोश्रो इनिङमा ईंग्ल्याण्डका लागि कप्तान एलेस्टर कुकले १ सय ६२,वेन स्टोकले १ सय १ र जोय रुटले ८४ रन बनाए । खेलमा अलराउण्ड प्रदर्शन गरेका इग्ल्याण्डका वेन स्टोक म्यान अफ द म्याच घोषित भए । अब यी २ बीचको दोश्रो तथा अन्तिम टेष्ट १५ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१