भूकम्प गएको महिना दिन विते पनि त्रास भने उस्तैं !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १०:२२

काठमाडौं,१२ जेठ । आज जेठ १२ गते । अब सायद यो दिन सारा नेपालीका लागी कालो दिन भनेर चिनिने छ । आजकै दिन बैशाख १२ गते शनिबार नेपालमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । एक महिना अघि शनिबार बिहान ११ बजेर ५६ मिनेटमा आएको त्यो ठूलो भूकम्पले नेपालमा धरै क्षति गरेको छ । भोलिपल्ट १३ गते गएको ६ दशमलब ९ र बैशाख २९ गते गएको ६ दशमलब ८ रेक्टर स्केलको भुईचालोले जनधनको क्षति मात्र गरेन, सबैभन्दा बढी मान्छेको मनलाई हल्लाएको छ ।
tentएक महिनाको अवधिमा आएका भूकम्पका परकम्पहरुले समेत जनधनको ठूलो नोक्सानी गरेका छन् । मध्य क्षेत्रमा सबैभन्दा धेरै मानविय क्षती भएको छ । यूनेस्कोको सम्पदा सूचीमा रहेका धेरै ठाउँमा ठूलो क्षती भएको छ । काठमाडौंमा रहेको ९ तले धरहरा तीन टुक्रा भएको छ । त्यो एक तलामा सिमित भएको छ । यसैगरी बसन्तपुर दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायरमा धेरै क्षति भएको छ ।
योसँगै ४ लाख ७० हजार ९ सय ९१ भौतिक संरचनाहरुमा कमा नलाग्ने गरि भत्केका छन् । अहिलेसम्म १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनका कारण ८ हजार ६ सय ६३ जनाको ज्यान गैसकेको छ भने ३ सयजति मानिस भुईचालोपछि बेपत्ता छन् । बेपत्ता हुनेमा नेपाली १ सय ९८ र विदेशी नागरिक ८० जना छन् । २१ हजार ९ सय ५४ जना घाइते भएका छन् । १८ जनाको शव पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १४ पुरुष, एक विदेशी सहित ३ महिला, एक बालिकाको शव पहिचान नभएको हो । उनीहरुको शवलाई त्रिवि शिक्षण अस्पतालमा राखिएकोे छ ।
१२ गतेको भूकम्पपछि अहिलेसम्म ५ रेक्टर स्केल माथि र ६ रेक्टर स्केल मुनिका ३५ वटा परकम्प गैसकेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ६ देखि ७ का ५ वटा ठला भुकम्प गएका छन् । यसैगरी ४ देखि ५ का २ सय ५८ पुगेका छन् । ४ भन्दा मुनिका १० औ हजार पुगेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१