स्वास्थ्यमा ध्यान दिदैं सेलेना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१२ जेष्ठ २०७२, मंगलवार १०:०६

हलिउड अभिनेत्री तथा गायिका सेलेना गामेजले स्वस्छ लाईफस्टाइल अपनाउने प्रयासमा रहेको बताएकी छिन् । गत बर्ष गम्भिर बिरामी परेकी सेलेना त्यस यता स्वस्थ्यप्रति निकै सजग रहदैं आएकी छिन् । करिव महिना दिनसम्मको उपचार पछि रोग मुक्त भएकी भनिएकी उनीलाई के रोग लागेको थियो भन्ने अझै गोप्य राखिएको छ । उनी हाल खानपिनमा विशेष ध्यान दिदैं आएकी छिन् भने दैनिक व्याम पनि गर्दै आएकी छिन् । खबरका अनुसार उनी निकै दुव्ली छिन् र उनलाई रोगले पनि चाडैं समात्ने भएका कारण डाक्टरले उनलाई तौल बढाउन पनि आग्रह गरेका छन् ।

salinaसेलेना बिमारी हुनुभन्दा केहि समय अगाडि मात्र उनको प्रेमी जस्टिन बीबरसँग ब्रेकअप भएको थियो । त्यस लगत्तै डिप्रेशनको शिकार भएकी उनी केहि समय सुधार गृहमा पनि बिताउन बाध्य भईन् । जस्टिनसँगको सम्बन्ध छुटे सँगै उनी लागुऔषधको लतमा फसेकोले नै बिरामी परेको अबरहरु पनि बाहिर आएका थिए । अगामी दिनमा अब स्वास्थ्यलाई विशेष ख्याल राख्ने बताउदैं सेलेनाले अब कोहिसँग पनि प्रेमसम्बन्धमा नरहने पनि उल्लेख गरेकी छिन् । गायिका एवंम अभिनेत्री सेलेना गामेज केहि समय अगाडी नेपाल पनि आएकी थिइन भने बैशाख १२ गते भएको भूकम्पबाट प्रभावित व्यक्तिहरुलाई उनले सहयोग गर्ने समेत घोषणा गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, मंसिर १, २०८१