चितवन,११ जेठ । आज विहान ३ बजेर २३ मिनेट जाँदा गोरखालाई केन्द्रविन्दु बनाएर गएको ५ रेक्टर स्केलको भूकम्पको पराकम्पनले चितवनको दारेचोकमा एक जनाको ज्यान लिएको छ । भूकम्पको पराकम्पनले बेहोस भएर चितवनको दारेचोक–९ धारापानीका ६५ वर्षीया लाटीमाया चेपाङको ज्यान गएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । राती आएको पराकम्पनले थप त्रास फैलाएको छ ।
प्रतिक्रिया