पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्किन ४ बर्ष लाग्छ : पर्यटनमन्त्री कृपासुर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १५:४७

काठमाडौं,११ जेठ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री कृपासुर शेर्पाले भुकम्पले क्षतविक्षत बनाएको पर्यटन क्षेत्रलाई पुरानै अवस्थामा ३ देखि ४ वर्षको समयावधि लाग्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालको अस्थायी कार्यालय भृकुटीमण्डपमा आयोजित साक्षात्कार कार्यक्रममा उनले पर्यटक क्षेत्र आत्तिनु पर्ने अवस्थामा नरहेको बताए । पर्यटकीय क्षेत्रको अवस्था अध्ययन गर्न राष्ट्रिय अन्तर्राष्ट्रिष्य विज्ञहरुको टोली परिचालन गर्ने जानकारी दिए ।

kripasurपर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न यो वर्ष हिमाल आरोहण गर्न रोयल्टी बुझाएर आरोहण गर्न नपाएका पर्यटकलाई अर्को वर्ष सोही रोयल्टीमा आरोहण गर्न पाउने गरि व्यवस्था गरिएको जानकारी दिए। पर्यटन क्षेत्रको पुर्नउत्थानको लागि सफ्ट लोनको व्यवस्था गर्ने समेत मन्त्रीले बताए । दाताहरुले प्रयाप्त सहयोग गरे त्यस्ता सफ्ट लोनहरु पछि गएर मिनाहा समेत गर्न सकिने उनको भनाई छ।

उनले पुरातात्विक महत्वका साँस्कृतिक धरोहरलाई भूकम्प पछिको अवस्था र छेउमा नयाँ बनाएर राख्ने कि नयाँ नै बनाउने भन्ने विषयमा छलफल चलिरहेको भन्दै धरोहरहरुलाई जिवन्त ढंगले बनाउनुपर्ने बताए ।
पुर्ननिर्माणको योजना बनाएपछि आन्तरिक र दाताहरुको सहयोगबाट नेपालको पहिचानको आधारशिला खडा हुने उनको भनाई छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१