अत्याधिक गर्मीका कारण भारतमा ३ सय भन्दा बढिको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १३:४७

भारतमा अत्याधिक गर्मी तथा लुका कारण अहिलेसम्म ३ सय ५० जना भन्दा बढीको ज्यान गएको छ । भारतका केही क्षेत्रको तापक्रम ४८ डिग्रीसम्म पुगेको छ । अत्याधिक गर्मी तथा लुका कारण सबैभन्दा धेरै तेलंगना र आन्ध्र प्रदेशमा बढी मानिसको ज्यान गएको छ । तेलंगनाका १० जिल्लामा अहिलेसम्म गर्मी तथा लुका कारण अहिलेसम्म १ सय ८६ तथा आन्ध्र प्रदेशमा १ सय ८२ जनाको ज्यान गएको समाचार संस्था पिटिआईले जनाएको छ । ज्यान गुमाउनेमा धेरै वृद्धवृद्धा रेहको सरकारी अधिकारीले बताएका छन् ।

ap भारतका कैयौं क्षेत्रमा तापक्रम उच्च पुगेको छ । उत्तर प्रदेशको इलाहबादमा सबैभन्दा धेरै ४८ डिग्री पुगेको छ भने राजधानी दिल्लीको तापक्रम पनि ४४ डिग्री सेल्सियस पुगेको छ । मौसम विदका अनुसार अझै चार दिनसम्म गर्मी बढ्न सक्ने छ । गर्मी बाट बच्नका लागि घरबाट बाहिर सकेसम्म कम निस्कन सरकारी अधिकारीले आग्रह गरेका छन् । यस्तै पानी बढी पिउन पनि विज्ञले सल्लाह दिएका छन् ।
– एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१