एजेन्सी । पानी हाम्रो शरीरको लागि अत्यन्तै जरुरी छ । पानीको आवश्यकता र महत्वको कुरा गरिरहँदा हामीले पिउने पानीको सफाई र सुरक्षित छ कि छैन ध्यान दिनु आवश्यक छ । यसमा पनि नयाँ अनुसन्धानले पत्ता लगाएको नयाँ तथ्य सुन्दा तपाईंलाई आश्चर्यचकित बनाउन सक्छ ।
भर्खरै गरिएको एक नयाँ शोधले बोत्तलबन्द पानीको सेवनले हाम्रो शरीरको स्वास्थ्यलाई असर पुर्याउन सक्छ । अनुसन्धानले बोत्तलबन्द पानीलाई रोगको घर भनेको छ । यसको कारण क्यान्सरजस्ता प्राणघातक रोगले आक्रमण गर्न सक्छ ।
के भन्छ शोधले ?
मुम्बईस्थित भाभा शोध संस्थाको परीक्षण रिपोर्टअनुसार सामान्यभन्दा २७ गुणा धेरैसम्म घातक रसायन मिल्नाले बोतलबन्द पानी क्यान्सरको मुख्य कारण बन्न सक्छ । बोत्तलको पानीको सफाईको लागि कम्पनीहरुले प्रयोग गर्ने रसायनले हाम्रो स्वास्थ्यलाई धमिराले जस्तो भित्रभित्रै सिध्याइरहेको हुन्छ । यसबाट पानीमा क्लोराइड सामान्यभन्दा २१ गुणा धेरै पाइन्छ ।
यसले आँत, लेवर र किड्नीलाई नोक्सान पुर्याउँछ । यसले सामान्य अवस्थामा भन्दा २४ गुणा बढी क्लोरेटको मात्रा बढाउँछ र शरीरको कमलो टिस्यूलाई कडा बनाउँछ ।
क्यान्सर लगायत अन्य रोगहरु
अनुसन्धानका अनुसार यसले क्यान्स हुनुका साथै आँत, लेभर, किड्नीलाई क्षति त पुर्याउँछ नै । वैज्ञानिकहरुका अनुसार महिलाको लागि बोत्तलको पानी थप घातक हुन्छ । महिलाहरुमा गर्भाशयसँग सम्बन्धित रोग देखिन्छ ।
मिनरल वाटर र शुद्ध पानीको नाममा बेचिने बोत्तलको पानीमा किटनाशक विषादि पनि भेटिने गरेको छ । सबैलाई थाहा भएकै कुरा हो, किटनाशक विषादि मानिस लगायत सबै जीवजन्तुको लागि घातक हुन्छ ।
प्रतिक्रिया