भुकम्पपीडितलाई नेपाली जनसम्पर्क समिति अमेरिकाको सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १२:२२

अमेरिका,११ जेठ । नेपाली जनसम्पर्क समिति अमेरिकाको पहलमा काठमाडौ जिल्लाको तत्कालीन सुन्दरीजल गाविस–८ निवासी अनाथ बालक सौगात तामाङका लागि अस्थायी घर निर्माण गरिएको छ । करीब ३० हजार रुपैयाको लागतमा १४ वर्षीय अनाथ बालक तामाङका लागि घर निर्माण गरिएको नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले जानकारी दिनुभयो ।

homeआइतबार एक कार्यक्रमबीच नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द विष्ट, उपाध्यक्ष धर्मराज श्रेष्ठ, सदस्य हरिबोल भण्डारीले उक्त घर नेपाली कांग्रेस क्षेत्र नम्बर तीनका विपत् व्यवस्थापन समितिका संयोजक गजेन्द्रकुमार लामाको रोहवरमा बालक तामाङलाई हस्तान्तरण गर्नु भएको थियो । उपाध्यक्ष धर्मराज श्रेष्ठले बालकको शिक्षा दिक्षाका लागि व्यक्तिगत १५ हजार रुपैया प्रदान गर्नुभयो । नेपाली जनसम्पर्क समितिका अध्यक्ष आनन्द विष्टले विपतको घडीमा सबै नेपाली एक भएर राष्ट्रिय एकताको सन्देश दिनु महत्वपुर्ण भएको बताउनुभयो । साथैं सोहि अवसरमा नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुले महाभुकम्पका कारण क्षतिग्रस्त विपी संग्राहलयको पनि अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१