पशुपतिनाथलाई युवतीको तिन पत्र

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार ११:४२

मन्दरौस । भारतको मध्यप्रदेशस्थित मन्दरौसमा अवस्थित पशुपतिनाथ मन्दीरको दानपेटिकामा पैसाका अलावा केही पत्र पनि भेटिए । शनिबार खोलिएको दानपेटिकामा यस्ता तीनवटा पत्र भेटिए । जसमा एक युवतीले लेखेकी थिइन्, ‘हे भगवान मेरो विवाह पवनसँग गराईदेउ !’ अर्कीले लेखिछिन्, ‘भोलेनाथ जसरी पनि मेरो दाइको विवाह गराइदेऊ’, त्यहाँ तेस्रो पत्र पनि भेटियो, जसमा लेखिएको थियो, ‘भगवान यस्तो चमत्कार गरिदेउ, जसबाट मेरो बुबाले ममाथि विश्वास गर्न थालुन् ।’
मन्दीरका प्रबन्धक रुपनारायण जोशीलाई उद्धृत गर्दै भारतीय अनलाइन दैनिक जागरणमा प्रकाशित खबर अनुसार शनिबार आधा दानपेटिकामात्रै खोलियो । जसबाट विदेशी मुद्राहरुसहित ३ लाख ५७ हजार निकालिएको छ । अब बाँकी गणना सोमबार हुनेछ ।
pasuदानपेटिकामा पैसाका अलावा ३ वटा पत्र भेटिए । तीनवटै पत्र युवतीहरुले लेखेका थिए ।
जसमध्ये पहिलो पत्रमा लेखिएको थियो, ‘भगवान मेरो विवाह पवनसँगै गराइदेउ । जुनसुकै चक्कर चलाएर भएपनि मेरो बुबाको मन बदलिदेउ ता की उहाँले खुसीसाथ पवनसँग मेरो विवाह गराइदिनुहोस् । मानिसको जीवन एकपटक मिल्छ भगवान, म यो जीवन पवनसँगै जिउन चाहन्छु । जान अनजानमा मबाट कुनै भूल भएको भए माफ गरिदेऊ । भगवान जसरी भएपनि मलाई यो असमानजस्यबाट बाहिर निकालिदेउ ।’
दोस्रो पत्रमा लेखिएको थियो, ‘हे भोलेनाथ जसरी भएपनि मेरो दाइको विवाह गराईदेउ । उहाँको विवाह नभएर घरमा सबै चिन्तामा छन् । प्रभू हामीलाई यो चिन्ताबाट मुक्त गराऊ ।’ त्यस्तै तेस्रो पत्रमा अर्की युवतीले भोलेनाथसँग जागिरका लागि गुहार मागेकी छन् । आफू राम्रो नोकरी गरेर केही बन्न चाहेकोभन्दै उनले लेखेकी छिन्, ‘हे भोलेनाथ मलाई नोकरी मिलाइदेउ । साथै यसअघि भएका घटनालाई बुबाले सबै भुल्ने र माथि विश्वास गर्ने बनाईदेउ । हे देवादी देव महादेव मेरो बुबाको विश्वास ममाथि कायम राखिदेउ ।’ अन्य दानपेटिका खोल्नै बाँकी रहेकाले थप यस्ता पत्रहरु भेटिने सम्भावना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१