गुगलको अटोमेटिक कार

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १०:५९

(एजेन्सी) : गुगलको अटोमेटिक कार यही गर्मी महिनामा नै अमेरिकी सडकमा गुड्ने भएको छ । गुगलले परिक्षणपछि आफ्नो उक्त कारलाई अमेरिकाको सडकमा गुडाउने तयारी गरेको छ । यी कारहरूमा सुरक्षा ड्राइभर भनेर रहने छन्, जसले आवश्यक परेको अवस्थामा कारलाई नियन्त्रण गर्नेछ । कम्पनीले सेल्फ ड्राइभिङ्ग कारको नमूना प्रोटोटाइप माउन्टेन ब्यू क्यालिफोर्नियाको सडकमा गुडाइने छ । यही शहरमा गुगलको हेडक्वाटर रहेको छ ।
carकम्पनीले आफ्नो सेल्फ ड्राईभिङ्ग कार क्यालिफोर्नियामा ११ वटा स-साना दुर्घटनाको हिस्सा भनेको खुलासापछि उक्त कारलाई सडकमा गुडाउने घोषणा गरेको हो । यो कारलाई स्मार्टफोनको मद्धतले बोलाउन सकिन्छ । यो कुनै पनि यात्रीलाई बिना कुनै हस्तक्षेप बिना ल्याउन र लैजान सक्छ । यसका लागि स्मार्टफोनमा एउटा एप प्रयोग गर्नुपर्ने हुन्छ ।
गुगलले सन् २०१० देखि नै स्वचालित कारमा काम गरिरहेको छ । कम्पनीको नयाँ प्रोटोटाइप वाहनलाई राउश इण्डस्ट्रिजले असेम्बल गरेको थियो । यसमा पनि सेल्फ ड्राइभिङ्ग लेक्सस आरएक्स ४५० एच मा प्रयोग गरिएकै सफ्टवेयर प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१