थियोपियामा संसदको लागि पहिलो पटक निर्वाचन हुदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १०:४७

newsएजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा नयाँ संसदको लागि पहिलो पटक आज निर्वाचन भइरहेको छ । तत्कालिन प्रधानमन्त्री जेनावाइको मृत्यु भएको ४ बर्ष पछि संसदीय निर्वाचन भएको बीबीसीले जनाएको छ । स्थानीय समय अनुसार विहान ६ बजेदेखि सुरु भएको मतदान साझँ ६ बजेसम्म जारी रहने छ । निर्वाचन सुपरिवेक्षणका लागि अफ्रिकन युनियनका प्रतिनिधि त्यहाँ पुगेका छन् । मतपरिणाम भने एक महिनापछि मात्र सार्वजनिक हुने स्थानीय अधिकारीले जनाएका छन् । निर्वाचनमा ५७ राजनीतिक दलका प्रतिनिधि प्रतिस्पर्धामा उत्रिएका छन् । सन् २०१२ मा जेनावाइको मृत्यु भएपछि लामो समयसम्म संसदको निर्वाचन हुन सकेको थिएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१