नेपालसँगको सम्बन्ध सुदृढ बनाउने मोदीको इच्छा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७१, सोमबार १३:२७

काठमाडौं, ५ जेष्ठ  । भारतका भावी प्रधानमन्त्रीका रुपमा रहेका भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले नेपाल, भारतको पुरानो र गहिरो मित्र भएकाले आफूले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ बनाउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै मोदीले लेखेका छन्– नेपाल एक पुरानो र गहिरो महत्वपूर्ण मित्रहो । हामी नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध सुदृढ गर्न प्रतिवद्ध छौं । यसैगरी मोदीले नेपालका राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई आफूलाई बधाइ दिएकोमा धन्यवाद फर्काएका छन् ।

उता, भाजपाका विदेश विभाग प्रमुख विजय जोलीले नेपालका प्रधानमन्त्री सुशील कोइराला र नेता नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको जानकारी दिँदै कोइरालाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका छन् ।

मोदीलाई पशुपतिनाथको दर्शन गरेर आशिर्बाद लिन प्रधानमन्त्री कोइरालाले आग्रह गर्नुले नेपाल–भारत सम्बन्धलाई अझ बलियो बनाउने उनको भनाइ छ । मोदीले आफूलाई नेपालको सबैभन्दा नजिक मान्ने गरेको भन्दै जोलीले सरकार बनेपछि नेपाल भ्रमणबारे प्रक्रिया अगाडि बढ्नसक्ने बताएका छन् ।image

प्रतिक्रिया