मुम्वई इण्डियन्स बन्यो आइपिएल क्रिकेटको च्याम्पियन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ जेष्ठ २०७२, सोमबार १०:४०

एजेन्सी । चेन्नाई सुपर किंग्सलाई ४१ रनले पराजित गर्दै मुम्वई इण्डियन्स आइपिएल क्रिकेटको आठौं संस्करणको विजेता बनेको छ । फाइनलमा २ सय ३ रनको लक्ष्य पछ्याएको चेन्नाईलाई १ सय ६१ रनमा रोक्दै मुम्वई च्याम्पियन भएको हो । चेन्नाईका ड्वायन स्मिथले ५७ रन बनाउनुबाहेक अन्य व्याट्सम्यान फितलो सावित भए ।

iplमुम्वईका मिचेल म्याकक्लेनाघनले तीन तथा लासिथ मालिंगा र हरभजन सिंहले दुईरदुई विकेट लिए । यसअघि टस हारेर व्याटिङ गरेको मुम्वईले लेन्डल सिमोन्सको ६८ र रोहित शर्माको ५० रनको मद्धतमा २ सय २ रनको योगफल बनाएको थियो । मुम्वईले आइपिएल जितेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१