काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गर्नुभएको छ । उहाँले काठमाडौं ज्ञानेश्वरमा रहेको आफ्नै घरमा सोमबार बिहान झुण्डिएर आत्महत्या गरेको पारिवारिक स्रोतले जनाएको छ ।
३ तले घरको दोस्रो तलामा विहान साढे ३ बजेतिर झुण्डिएको अवस्थामा उहाँको शव भेटिएको थियो । ६३ वर्षिय उप्रेतीले सुसाइड नोट लेखेर आत्महत्या गर्नु भएको हो । उहाँले सुसाइड नोटमा आफ्नो शव टिचिङ अस्पतालका विद्यार्थीलाई दिन र किरिया खर्च भनेर ५ लाख रुपैयाँ भूकम्प पीडितलाई दिनु भनेर लेख्नुभएको पारिवारिक स्रोतले बतायो । सुसाइड नोट अहिले प्रहरीले लिएको छ ।
उहाँको शव पोष्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । उप्रेतीले झण्डै ४ वर्ष सर्वोच्च अदालतमा काम गर्नुभएको थियो । अदालतमा अस्थायी न्यायाधीश भएका उहाँले स्थायी प्रक्रिया सुरु नभएपछि राजीनामा दिनु भएको थियो ।
प्रतिक्रिया