पहिरो नरोकिएसम्म कालीगण्डकी नदी खुलाउन नसकिने,फर्कियो नेपाली सेनाको हेलिकोप्टर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १४:५२

म्याग्दी,१० जेठ । म्याग्दीमा आएको पहिरोले मध्यरातदेखि थुनिएको कालीगण्डकी नदी खुलाउनका लागि पुगेको नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । निरन्तर पहिरो र धुलोका कारण उद्धारको काम संभव नभएपछि सेनाको हेलिकोप्टर त्यहाँबाट फर्किएको हो । उक्त हेलिकोप्टर डाँडामा रहेको इन्द्रबक्स गणमा गएर बसेको छ । सेनाको हेलिकोप्टर केही प्राविधिक, भूगर्भविद्सहित पौने १० मा घटनास्थल नजिकै पुगेको थियो । सेनाको हेलिकोप्टरले घटनास्थलको परिक्रमा गरेपनि घटनास्थल पूर्ण रूपमा धूलोले ढाकिएपछि उद्धारको काम गर्न सकेन । म्याग्दीको उत्तरी बैँसेरीमा खसेको भीषण पहिरोले कालीगण्डकी नदी मध्यरातीदेखि थुनिएको छ । राम्चे–९ काफलडाँडा नजिकैको चट्टानी पहाड खसेर झरेको भीषण सुख्खा पहिरोले भगवती–२ स्थित बैंसेरीमा कालीगण्डकी नदी थुनिएको हो ।

kaliganनदी थुनेर कालीगण्डकीमा पानी सुक्न थालेपछि आसपासको क्षेत्रमा त्रास बढेको छ । मानिस घर छोडेर डाँडापाखा तथा अन्य सुरक्षित स्थानतर्फ लागेका छन् । पहिरो निरन्तर चलिरहेकोले त्रास थपिएको छ । स्थानीय प्रशासन र प्रहरीले माइकिङ गरेर खतराको सूचनासहित सचेत गराइरहेको छ । कालीगन्डकी आसपासका नौ जिल्लामा उच्त सतर्कतामा राखिएको छ । प्रभावित हुने जिल्लामा म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, तनहुँ, स्याङ्जा, पाल्पा, नवलपरासी, मुस्ताङ रहेका छन् । नेपाल प्रहरीका अनुसार कालिगण्डकी थुनिदा १५० मि. गहिराई, १ कि.मि लम्बाई, १०० मि.चौडाई भूभाग पानीले डुबेको छ । पानी जम्मा भएर त्यहाँ तालजस्तै बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१