बेहुला अनपढ भएको थाहा पाएपछि सुहागरातमै बेहुली फरार !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १३:५६

एजेन्सी । विवाहको पहिलो रात अर्थात सुहागरातलाई हरेक जोडी विशेष र यादगार बनाउन चाहन्छन् । तर, एक बेहुला यस्तो अभागी परे जसको सुहागरात सोचेभन्दा निकै अप्रिय सावित भयो ।

bahuliविवाहपछिको खुसीमा तब पानी पोखियो जब बेहुलीले बेहुला अनपढ भएको थाहा पाएपछि तत्कालै उनलाई अस्वीकार गरिदिइन् । बेहुला अनपढ रहेको थाहा पाएपछि बेहुली तत्काल बेडबाट तल झरिन् र उनीसँग बस्नका लागि अस्वीकार गरिदिइन् ।

भारतीय अनलाइनहरुका अनुसार घटना जैदपुर थाना क्षेत्रस्थित जराहरा गाउँको हो । स्थानीय गंगारामकी छोरीको विवाह सतरिख कस्वासँग ३० अप्रिलको दिन भएको थियो ।

विए पास गरेकी ती बेहुलीले सुहागरातमा पति अनपढ रहेको थाहा पाइन् । त्यसपछि तत्काल माइतीमा फोन गरेर घटनाको बेलिविस्तार लगाइन् । माइती पक्षले प्रहरीमा उजुरी गर्यो ।

प्रहरीले दुबै पक्षलाई बोलाएर मिलापत्र गराउन खोजे पनि सफल भएन । अन्ततः दुबै पक्ष विवाहलाई रद्ध गर्दै लिए दिएको सबै सामान फिर्ता गर्न सहमत भए । अन्त्यमा सबै कुरा फिर्ता गरेर आ–आफ्नो घर फर्किए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१