उचित बजार नपाएपछि खेतमै बन्दा नष्ट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १२:१२

कपिलवस्तु, १० जेठ । उचित बजार नपाएपछि खेतमा उत्पादन भएको बन्दागोभी कपिलवस्तुका कृषकले नष्ट गरेका छन् । उत्पादन गरेको बन्दा बजारसम्म पुर्‍याउनका लागि पनि भाडा नउठ्ने भएपछि खेतमा रहेका सुकेका बन्दा कृषकले जोतेर नष्ट गरिदिएका हुन् । तीन महिनाअघिसम्म राम्रो मूल्य पाएका उनीहरूले अहिले १० रुपैयाँको ३ किलो दिँदासमेत कसैले किन्न चासो नदिएपछि कृषकले खेतमा रहेको बन्दा सुकाएर राखेका छन् । अघिल्लो महिनासम्म प्रतिकेजी ५ देखि १० रुपैयाँमा बिक्री भएको बन्दा अहिले बिक्नै छाडेको कृषकको भनाइ छ ।

bandaदुई साताअघिसम्म जिल्लाका विभिन्न स्थानमा लाग्ने साप्ताहिक हाटबजारमा बन्दागोभीको बिक्री राम्रै भए पनि पछिल्ला दिनमा भने व्यापारीसमेत लिन आउँदैनन् । कपिलवस्तु नगरपािलका–९, महुवा गाउँबाट बन्दा बिक्री गर्न आएका कृषक जमली खाँले ५ रुपैयाँको २ किलो बेच्न खोज्दासमेत कसैले लिन चासो नदेखाएको गुनासो गरे । ‘कसैले लिन चासो नदेखाएपछि आफूले ५० किलो बन्दागोभी बजारमै फालेर आएको छु,’ उनले भने । कृषकका अनुसार एउटा बन्दागोभी उत्पादन गर्न १० रुपैयाँ लागत लाग्ने गर्दछ । बीउविजन, उत्पादन गर्दा लाग्ने मिहिनेत, सिँचाइ, ढुवानीलगायत प्रतिकेजी बन्दा उत्पादन गर्न १० रुपैयाँ लाग्ने किसानको भनाइ छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१