नासियाद्धारा नेपालका भूकम्पपीडितलाई सहयोग

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार १२:०२

अमेरिका,१० जेठ । अमेरिकाको जर्जियाको एटलाण्टा स्थित नासिया (नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका) ले नेपालमा गएको विनाशकारी भूकम्पबाट पिडित परिवारको सहयोगार्थ संकलन गरेको रकम वाशिंगटन डिसी स्थित नेपाली राजदुतावासमा संस्थाका अध्यक्ष डा.राम चन्द्र बरालले राजदुत डा अर्जुन कुमार कार्कीलाई हस्तान्तरण गर्नु भएको छ । संस्थाका अध्यक्ष डा बराल उक्त रकम हस्तान्तरण गर्न जर्जिया एटलाण्टा बाट वाशिंगटन डिसी आई संकलित ७ हजार डलर (करिब ७ लाख नेपाली रुपैया) प्रधानमन्त्रि राहत कोषमा जम्मा हुने गरि चेक दिनु भएको छ । नेपाल सरकारको मार्फत नासियाले पठाएको रकम भूकम्प पिडितलाई पुगोस भन्ने हेतुले दुतावास मार्फत पठाउन पाउँदा गौरन्वित भएको बताउदै आर्थिक संकलन क्रम निरन्तर चलि रहेको बताउनु भएको छ । उहाँले आर्थिक सहयोग गर्ने संघ ,संस्था ,नेपाली समुदाय ,ब्यबसायी सबै वर्गलाई धन्यबाद दिनु भएको छ ।

money वाशिंगटन डिसीमा उक्त रकम हस्तान्तरण कार्यक्रममा एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाधक्ष्य तथा एनआरएन अमेरिकाका भूकम्प पिडित उद्धार टोलीका संयोजक लोकनाथ तिवारीको पनि उपस्थिति रहेको थियो । तिवारीले भूकम्प पिडितलाई एनआरएनको तर्फ बाट ५ लाख दिई सकेका छन् भने आफ्नो व्यवसायबाट रकम उठाई राजदुतावास मार्फत प्रधान मन्त्रि राहत कोषको लागि १० हजार डलर पुर्याउने सार्बजनिक रुपमा घोषणा गरेका थिए । राजदुत डा.कार्कीले डा.बराललाई नेपाल सरकारलाई सहयोग गर्नु भएकोमा धन्यवाद दिनु भएको थियो भने राजदुतवासले प्रसंशा पत्र पनि डा ।बराललाई दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१