छाला आकर्षक बनाउन यस्तो गर्नुहोस् !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ११:५३

कार्बोहाइड्रेटजन्य खाना :
शरीरमा कार्बोहाइड्रेटको मात्रा बढी भयो भने डन्डीफोर र छालामा धब्बा देखापर्ने समस्या उत्पन्न हुन्छ । छाला सुन्दर पार्न ब्रेड, क्यान्डी, पास्ता, सोडा, जुसजस्ता कार्बोहाइड्रेट र चिनीको मात्रा उच्च भएका खाना कम गर्नु राम्रो हुन्छ । यस्ता खानाले रगतमा चिनीको मात्रा बढाउँछन्, जसकारण शरीरमा चिल्लो पदार्थ बढी उत्सर्जन हुन्छ र यसले डन्डीफोर चाँडो फैलाउँछ ।

सट्टामा के खाने ?
कार्बोहाइड्रेटजन्य खानाको सट्टा तरकारी र गेडागुडीजस्ता प्रोटिनजन्य खाना खानु राम्रो हुन्छ । यस्तो खानाले रगतमा चिनीको मात्रा बढाउँदैन ।

बढी नुन :
आँखाको तलपट्टिको भाग सुनिने अथवा आँखावरिपरि डार्क सर्कल देखापर्ने समस्याबाट हैरान हुनुभएको छ भने पक्कै पनि तपाईंले सोडियमको मात्रा बढी लिइरहनुभएको छ । यस्ता समस्याबाट छुटकारा पाउन शरीरमा सोडियमको मात्रा घटाउनुपर्ने हुन्छ ।
यसका लागि दिनहुँ खाने नुनको मात्रामा कटौती गर्नु ज्यादै उपयुक्त हुन्छ । नुनले टिस्यूलाई फुलाउने गर्छ, जसकारण आँखा तलको छाला सुनिएजस्तो देखिन्छ भने मानिस जतिबेला पनि थकितजस्तो देखिन्छ । त्यसैगरी, आयोडिनयुक्त नुनको मात्रा बढी भयो भने डन्डीफोर फैलिने सम्भावना पनि बढी हुन्छ । त्यसैले छालालाई स्वास्थ्य राख्ने हो भने नुनको मात्रा आजैदेखि घटाउनुस् ।

faceसट्टामा के खाने ?
नुन घटाएपछि तपाईंले क्षतिपूर्तिका लागि केरालगायत पोटासियमयुक्त खानाको मात्रा बढाउन सक्नुहुन्छ । तरकारी, मासु र कोसामा सोडियमको मात्रा बढी पाइने भएकाले यसबाट सोडियमको मात्रा घटाउन पकाउनुअघि यसलाई धेरै पानी पखाल्ने गर्नुपर्छ ।

बढी मदिरा : सन्तुलित मात्रामा मदिरा लिने हो भने यसले तपाईंको समग्र स्वास्थ्यलाई राम्रो गर्छ । तर, यसको मात्रा सन्तुलनबाहिर गयो भने यसले समग्र स्वास्थ्यसँगै छालामा पनि हानि पु¥याउँछ । बढी मात्रामा रक्सी पिउने गरियो भने यसले शरीरमा पानीको मात्रा कम गराउँछ । शरीरमा पानीको मात्रा कम भएमा छाला चाउरी पर्ने, सुक्खा हुनेजस्ता समस्या देखापर्छ । यसले शरीरमा भिटामिन एको मात्रा पनि घटाउँछ । भिटामिन एले बिग्रिएका छाला मर्मत गर्ने, नयाँ छाला उत्पादन गर्न सघाउनेलगायत काम गर्छ ।
रक्सीको मात्रा बढी हुँदै गयो भने डन्डीफोर, अनुहारमा रातो धब्बा हुने समस्या, लुतो, दादलगायत समस्या देखापर्न थाल्छन् । बढी फ्याट भएका खाना फ्याट बढी भएका खाना, जस्तो कि चिल्लोचाप्लो खाना, घिउ, बोसोयुक्त मासु आदिले छालालाई हानि पु¥याउँछन् । त्यसैले यस्ता खाना खानु हुँदैन ।

सट्टामा के खाने ?
छालाको स्वास्थ्यका लागि उपयुक्त हुने फ्याट ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेललगायत चिजमा पाइने भएकाले यस्ता खानाको मात्रा बढाउनुपर्छ । यस्ता खानाले छालाको क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ ।

बढी दूधजन्य पदार्थ : दूधजन्य पदार्थ स्वास्थ्यका लागि ज्यादै राम्रो हुन्छ । तर, ओखती पनि बढी भयो भने यसले खती गर्छ भनेझैँ यसको मात्रा बढी भयो भने यसले छालालाई पिरोल्न थाल्छ । दुग्ध पदार्थ बढी मात्रामा लिने गर्दा डन्डीफोर, नाक वरिपरि कालो तथा सेतो गिर्खा आउनेलगायत समस्या उत्पन्न हुने विभिन्न अनुसन्धानले देखाइसकेका छन् ।

सट्टामा के खाने ?
सन्तुलित मात्रामा दुग्ध पदार्थ खाने । दूधको तलतल बढी नै लाग्ने गरेको छ भने पानीको मात्रा बढाउनुस् अथवा सर्बत खानुस् ।

कफी : कफीमा पाइने स्टेरोइडले ‘स्ट्रेस हार्मोन’ बढाउँछ । यस्तो हार्मोनले मानसिक तनाव त बढाउँछ नै, छालालाई पनि खराब पार्दै लाग्छ । त्यही भएर कफीका अम्मलीलाई छाला सुन्दर र स्वस्थ बनाउने चाहना छ भने तत्काल कफीको मात्रा घटाउनुपर्छ । कफी बढी खानाले शरीरमा पानीको मात्रा कम हुन्छ । त्यही भएर कफी बढी खाने मानिस चाँडै बूढोजस्तो देखिन थाल्छ, छाला चाउरिन थाल्छ ।

सट्टामा के खाने ?
कफीको सट्टा हर्बल टी अथवा डिक्याफिनेटेड टी खानु राम्रो हुन्छ । (- एजेन्सी)

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१