यसकारण आइरहेको छ काठमाडौं आसपासमा भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ११:४३

करिब चार करोड वर्ष पहिले भारतीय उपमहाद्विप यहि युरेसियाई प्लेटसँग ठोक्किएको थियो । यसकै कारण हिमालय पर्वतको निर्माण भएको थियो । यो पर्वत आज पनि प्रतिवर्ष एक सेन्टिमिटर माथि उठिरहेको छ । यहि हलचलका कारण यो क्षेत्रमा धेरैजसो भूकम्प आइरहने गर्दछ ।

सम्बन्ध : काठमाडौं र भूकम्पको

काठमाडौं उपत्यका भित्र ३०० मिटरको गहिराइमा कालो माटो छ जुन प्रागैतिहासिक (प्रिहिस्टोरिक) पोखरीको अवशेष हो जसका कारण यहाँ बढि म्याग्निच्युडको भूकम्प आउने गर्दछ । अध्ययनका अनुसार यहाँ माटोको द्रवीकरणका कारण ठूलो भूकम्प आउने खतरा रहिरहन्छ ।

हिमालय पर्वतको भूकम्पको खतरा रहेको क्षेत्रमा बस्ने धेरैजसो मानिसको घर ढुङ्गाले बनेको हुन्छ । नेपालका साथै भारतको कश्मिर, हिमालय प्रदेश, उत्तराखंड, सिक्किम, उत्तर पश्चिम राज्य सामिल छ । यसका साथै तराई किसिमको भारतीय इलाकामा घना बस्ती छ । यस्तो अवस्थामा कुनै ठूलो भूकम्प आएको स्थितीमा यहाँ सबैभन्दा ठूलो नोक्सानी हुने गर्दछ ।

bgukamयसकारण आउँछ भूकम्प
हिमालयको सतहमा धर्तीको दुई तह हुने गर्दछ जुन आपसमा घर्षण गरिरहेको हुन्छ । त्यसैले नै कम्पन हुने गर्दछ । विशेषज्ञका अनुसार भूकम्पको केन्द्रबाट जुन ऊर्जा निस्कन्छ त्यो कुनै परमाणु बमभन्दा कम हुँदैन । यो धर्तीको तहलाई चिर्दै सतहसम्म आउने गर्दछ । भारतीय उपमहाद्विपको तह ५.५ सेन्टिमिटरको सतह उत्तरतर्फ झरिरहेको छ । थुप्रै पटक यो आपसमा ठोक्किनेसमेत गर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१