सुरक्षा फौज र सशस्त्र समुहविच भएको गोली हानाहानमा ४३ जनाको मृत्यु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ११:१४

maxkikoएजेन्सी । मेक्सिकोको मिचोवाकान राज्यमा सुरक्षा फौज र सशस्त्र समुहविच भएको गोली हानाहानमा एक प्रहरी अधिकृत सहित ४३ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरु लागुपदार्थ ओसारपोसारमा संलग्न रहेको हुन सक्ने त्यहाँका सुरक्षा आयुक्तलाई उद्धृत गर्दै विविसीले जनाएको छ । सो क्षेत्र लागुपदार्थ ओसारपसार गर्ने महत्वपूर्ण इलाका मानिन्छ ।

३ घण्टासम्म चलेको दोहोरो भिडन्तपछि प्रहरीले ३० भन्दा बढी राइफल सहित विभिन्न हतियार बरामद गरेको छ । पछिल्लो समय लागुपदार्थ ओसारपसार गर्नेको केन्द्र बन्दै गएको सो क्षेत्रमा हिंसाका गतिविधि बढ्दै गएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१