बार्सिलोना बराबरीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ११:११

sameएजेन्सी । स्प्यानिश ला लीगा फुटवलको सिजनको अन्तिम दिन रियाल मड्रिडले फराकिलो जित हात पार्दा उपाधि विजेता बार्सिलोना भने बराबरीमा रोकिएको छ । बार्सिलोनाले लियोनल मेसीको दुई गोलको मद्धतमा लिएको अग्रता जोगाउन नसक्दा उपाधि उचालेको दिन डिपोर्टिभो ला कोरुनासँग २–२ को बराबरी खेल्यो । दोस्रो स्थानमा रहेको रियाल मड्रिडले क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्धतमा गेटाफेलाई ७–३ को अन्तरमा पराजित गर्‍यो । रोनाल्डोले ३४ मिनेटभित्र तीन गोल गरेका हुन् । ह्याट्रिकपछि उनी यो लिगमा सर्वाधिक गोलकर्ता बने । उनले ४८ गोल गरेका छन्, जुन बार्साका लियोनल मेसीको भन्दा ५ गोल बढी हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१