मलामीबाट फर्किएर पत्नीको हत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० जेष्ठ २०७२, आईतवार ०९:३६
  • पस्किएको भात पनि खान पाइनन् गीताले

सुर्खेत, १० जेठ ।  सुर्खेतको लाटीकोइलीस्थित नयाँगाउँका एक युवाले सामन्य विवादमा पत्नीकोे हत्या गरेका छन् । सामान्य बिवादमा स्थानीय तुलसिं नेपालीले पत्नी गीता नेपालीको शुक्रबार राती हत्या गरेका हुन् । दिउँसो छिमेकीको मलामी गएर फर्किएका उनले राती आठ बजेतिर २३ वर्षीया गीताको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मलामीबाट घर आएका तुलसिंले खाना खाने समयमा एक्कासी पत्नीलाई खुकुरी हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत चौधरीले बताए । प्रहरीका अनुसार तुलसिंले पत्नीको घाँटीमा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । पत्नीको हत्या गरेपछि तुलसिंले आफ्नो पेटमासमेत खुकुरी प्रहार गरेर आत्महत्या प्रयास गरेका थिए । गम्भीर घाइते तुलसिंको मध्यपश्चिम क्षेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए । स्थानीय बासिन्दाका अनुसार गीता र तुलसिंको ६ वर्ष अघि विवाह भएको थियो । उनीहरूको चार वर्षका छोरा छन् । मजदुरी गर्दै आएका तुलसिं र गीताबीच शुक्रवार बिहान खटपट भएपछि तुलसिं छिमेकीको मलामी गएका थिए । मलामीबाट फर्केर राती घरमा आएपछि खाना खाने समयमा पत्नीमाथि खुकुरी प्रहार गरेको स्थानीय बासिन्दाको भनाइ छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१