काठमाडौं, ९ जेष्ठ । नेपाली कांग्रेसका युवा नेता एवं सभासद गगन थापाको पहलमा शनिबार काठमाडौं बुढानीलकन्ठस्थित भंगालमा ‘बिल्डिङ क्लिनिक’ र सचेतना कार्यक्रम गरिएको छ ।
कार्यक्रममा भूकम्पबाट चर्केका र क्षति पुगेका घरहरुको अवस्थालगायतको विषयमा सर्वसाधारणले विज्ञहरुबाट जानकारी लिएका थिए । त्यसक्रममा भूकम्प प्रतिरोधात्मक घर कसरी बनाउने, भूकम्प आउँदा कसरी सुरक्षित रहने भन्नेबारे जानकारी दिइएको थापाले बताए ।
प्रतिक्रिया