छात्राहरुले उत्तरपुस्तिकामा प्रेमपत्र लेखपछि…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ जेष्ठ २०७२, शनिबार १९:५१

एजेन्सी । पछिल्लो केही समय यता विद्यमान शिक्षा प्रणाली निकै मजाकको विषय बनिरहेको छ । विद्यार्थीहरुले वर्षभरी पढेको कुरालाई तीन घण्टाको समयमा निश्चित प्रश्नहरु गरेर उनीहरुको योग्यता जाँच्ने शैलीलाई खिल्ली उडाउने एक खबर सार्वजनिक भएको छ । खबर हो हाम्रै छिमेकी देश भारतस्थित नेपालसँगै सिमा जोडिएको राज्य उत्तर प्रदेशको । केही समयअघि सकिएको बोर्ड परीक्षाको कपी धमाधम चेक भइरहेको छ । परीक्षणका क्रममा केही यस्ता उत्तरपुस्तिकाहरु भेटिएका छन्, जुन कुरा सुनेर तपाई साँच्चै अचम्मित हुनुहुनेछ ।

loveउत्तरपुस्तिकामा अधिकतम छात्राहरुले त्यसको परीक्षण गर्ने अपरिचित शिक्षकलाई ‘आई लभ यू’ लेखेका छन् । कतिले त प्रेम पत्र नै लेखेको पाइएको छ । केहीले भने आफ्नो फोन नम्बर नै लेखेर पास गराईदिन आग्रह गरेका छन् । छात्रहरुले भने प्राय पैसा टाँस्ने वा निवेदन लेख्ने गरेको पाइएको छ । स्मरण रहोस्, भारतकै बिहारस्थित एक विद्यालयमा चिट चोराईँदै गरेको तस्वीर विश्वव्यापी रुपमा भाइरल भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१