काठमाडौं,८ जेठ । एमाले नेता कृपाशुर शेर्पा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाले एमालेको सिफारिसमा शेर्पालाई मन्त्री नियुक्त गर्नुभएको हो । एमालेबाटै मन्त्री भएका दीपक अमात्यले हिजो राजिनामा दिएपछि शेर्पाको नाम सिफारिस गरिएको थियो । शेर्पा भोजपुर १ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन् । उहाँलाई प्रधानमन्त्री सुशिल कोइरालाले साँझ ५ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यसअघि एमालेले पर्यटन मन्त्रीबाट भीम आचार्यलाई फिर्ता बोलाएर अमात्यलाई सिफारिस गरेको थियो । तर, अमात्यको काम चित्तबुझ्दो नभएको भन्दै एमालेले फिर्ता बोलाएपछि अमात्यले बाध्य भएर राजीनामा दिएका थिए । कोइराला नेतृत्वको सरकारमा पर्यटनमन्त्री भएका शेर्पा तेस्रो व्यक्ति हुन् ।
प्रतिक्रिया