नेपाल प्रेस युुनियनको चुुनावले कंग्रसी पत्रकार वीच घम्साघम्सी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
५ जेष्ठ २०७१, सोमबार ०६:४२

काठमाडौं,५ जेठ । लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनमा चुनावी सरगर्मी बढेको छ । आगामी असार १ र २ गते पोखरामा हुन लागिरहेको युनियनको महाधिवेशनबाट नेतृत्व लिनका लागि आंकाक्षीहरुले चुनावी अभियान सुरु गरेका छन् । देशभरका जिल्लाहरुको धमाधम अधिवेशनहरु भइरहेका छन् भने काठमाडौ शाखामा केही यही ९ गते अधिवेशन हुँदैछ । झण्डै ३ सय सदस्य रहेको युनियनको काठमाडौं शाखा सबैभन्दा बलियो र प्रभावशाली शाखा हो । अघिल्लो पटक जबरजस्ती कार्यसििमत टासिएपछि विवाद बढेको काठमाडौंमा यसपटक भने चुनावका लागि दवाव बढेको छ । अध्यक्षका लागि नकुल अर्याल र जीवन भण्डारी प्रतिस्पर्धामा रहेका छन् । एभिन्यूज, न्यूज २४ र हिमालय टेलिभिजनमा काम गरिसकेका अर्याल श्रमजीवी पत्रकारहरुको अधिकारका पक्षपाती हुन् । विभिन्न सञ्चारमाध्यममा श्रमजीवी पत्रकारहरुमाथि भएका शोषणको खुलेरै विरोध गरेका कारण टेलिभिजन सञ्चालकहरुको सिण्डीकेटको शिकार हुदै कान्तिपुर टेलिभिजनको जागिर छाड्न बाध्य पारिएका अर्याल अहिले समाजखबर डटकम चलाउछन् । रेडियो नेपालको कार्यक्रम घटना र विचारका सार्थ नेपालवाणी नेटवर्कमा पनि कार्यरत अर्यालका प्रतिस्पर्धी भण्डारी पनि नेपालवाणीमै कार्यरत छन् । रेडियो पत्रकारितामा एक दशकदेखी क्रियाशी भण्डारी काठमाडौं युनियनका उपाध्यक्ष समेत हुन् । प्रेस युनियनका केही अग्रज पत्रकारहरुले भण्डारीलाई निर्विरोध गराउने प्रयास गरेपनि संगठनमा अर्याल नै अगाडी भएकोले निर्वाचनको सम्भावना देखिएको छ । अधिकांशले समान स्वभाव र संस्थाका उम्मेदवार भएकोले आफै मिल्नका लागि पनि आग्रह गरेको बताइएको छ । उता, न्यूज २४ का संगम बानियाँले पनि अध्यक्षमा उम्मेदवारी दिने चर्चा छ । केन्द्रिय महाधिवेशनका लागि भने नेतृत्वका पुरानै र केही नयाँ अनुहारहरु चुनावी अभियानमा देखिएका छन् । अध्यक्षमा दामोदर दवाडी, रामप्रसाद दाहाल, बद्री सिग्देल, भुवन भट्ट र शिव लम्सालको नाम चर्चामा छ । दवाडी पूर्व बरिष्ठ उपाध्यक्ष हुन । दाहाल बौद्धिक र खरा पत्रकार मानिन्छन् । सिग्देल निवर्तमान उपाध्यक्ष हुन भने भट्ट सचिब छन् । निबर्तमान महासचिब रहेका लम्साल संगठनको क्रियाशीलताका लागि बढी सक्रिय भएकोले पनि दाबेदारका रुपमा रहेका छन् । यता बरिष्ठ उपाध्यक्षहरुमा दिपक आचार्य, विजय सन्तोषी राई, बाला अधिकारीको नाम चर्चामा छ । महासचिबमा अजयबाबु शिवाकोटी, लिलाराज खनाल, सरोज अधिकारी, इश्वरी ओझाको नाम चर्चामा छ । शिवाकोटी हाम्राकुरा डटकमका सम्पादक तथा निवर्तमान केन्द्रिय सदस्य छन । अधिकारी इमेज च्यानलका वरिष्ठ सम्वाददाता तथा केन्द्रिय सदस्य छन् । सचिबमा सोमनाथ सुसेली, प्रेम केसी, सूर्यकुमार क्षेत्रीको नाम चर्चामा छ । सुसेली पत्रकार महासंघ, इलाम शाखाका दुई कार्यकाल सभापति तथा नेपालबाणी एफ।एम इलामका स्टेसन म्यानेजर हुन भने प्रेम केसी सुदुर पश्चिममा क्रियाशिल पत्रकारिता गरिरहेका छन् । गीतकार समेत रहेका क्षेत्री उज्यालो एफ।एमका पत्रकार हुन । कोषाध्यक्षमा खिला कार्कीले दावी गरेका छन् । केन्द्रिय सदस्यहरुमा दर्जनौं पत्रकारहरुको नाम चर्चामा छ । ईमेज एफ।एमका ठाकुर वेलवासेले पनि केन्द्रिय सदस्यका रुपमा आफूलाई उभ्याएका छन् । पूर्वाञ्चलबाट प्रतिनिधित्व गर्दै कान्तिपुर साप्ताहिक तथा इमेजखबरमा कार्यरत पत्रकार युवराज गौतमले पनि सदस्यका रुपमा उम्मेदवारी दिने घोषणा गरेका छन् । गौतम इलाम शाखाका पूर्व कार्यसमिति सदस्य तथा दुईपटक पार्षद भइसकेका क्रियाशिल पत्रकार हुन् । चुनावको मिति तय भएसँगै आकाक्षीहरु आफनो निकटका नेताहरुको घरदैलो धाउन थालिसकेका छन् । आफू निकटका कांग्रेसका केन्द्रिय नेताहरुको आर्शिवादमा पत्रकारहरु नेतृत्व हत्याउने दाउमा रहेका छन् । तर कतिपय निडर पत्रकारहरुले नेताको घरदैलो धाउनुलाई गैरजिम्मेवारीपूर्ण भनेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१