अध्यक्ष पदमा आकांक्षी लुइस फिगो र माइकल भान प्रागको उम्मेदवारी फिर्ता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७२, शुक्रबार १२:३२

विश्व फुटबल महासंघ (फिफा)को अध्यक्ष पदमा आकांक्षी देखिएका लुइस फिगो र माइकल भान प्रागले उम्मेदवारी फिर्ता लिएका छन् । योसँगै अब फिफा अध्यक्षको लागि हालका अध्यक्ष सेप ब्लाटर र जोर्डनका राजकुमार अली बिन अल हुसैन मात्रै चुनावी मैदानमा छन् । लगातार पाँचौंपटक अध्यक्ष पदमा दावेदारी दिएका ब्लाटरलाई यसपटक पनि मूख्य दावेदार मानिएको छ ।

kiफिफाको चुनावी साधारणसभा यही मे २९ तारीखको दिन हुँदैछ । फिफाका सबै २ सय ९ सदस्य राष्ट्रले चुनावमा मत खसाल्न पाउनेछन् । यसअघि ६ जनाले उम्मेदवारी दिएपनि पोर्चुगलका फुटबल हस्ती फिगो र नेदरल्यान्ड्सका फुटबल संघका अध्यक्ष भान प्रागले विहीबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

उम्म्ेदवारी फिर्ता लिनेक्रममा भान प्रागले जोर्डनका राजकमुकार अलीलाई समर्थन गर्ने बताएका छन् भने फिगोले पनि फिफा नेतृत्वमा आफूले परिवर्तन चाहेको बताएका छन् । जोर्डनका राजकुमार अलीलाई बेलायती फुटबल संघले पनि सहयोग गर्ने आशय व्यक्त गरेको छ । यसअघि फ्रान्सका जेरोमी स्याम्पेन र डेभिड जिनोलाले पनि फिफा अध्यक्षको लागि उम्म्ेदवारी घोषणा गरेर फिर्ता लिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज २१, २०८१