रोग लाग्नै नदिने बाटो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७२, शुक्रबार १२:१६

डा. कपिलदेव उपाध्याय

टाइफाइड, झाडापखाला, हैजा, हेपटाइटिस जस्ता रोगहरुका कारण वर्षेनी धेरै विरामी पर्दा आर्थिक रूपमा जति ठूलो क्षति हुन्छ । अर्कोतिर विरामी र तीनका आफन्तले पाउने दुःख त छँदैछ ।

सुन्दा सामान्य लाग्ने भएपनि दैनिक जीवनमा हुने खानपिनमा होसियार हुन सके मात्रै पनि यी रोगहरुबाट बच्न सकिन्छ । हाम्रो देशमा धेरै यस्ता रोगहरु त पिउनेपानीका कारण लाग्ने खालका छन् । नेपालमा राम्रोसँग उमालेको पानी मात्र सुरक्षित छ भन्न सकिन्छ । वोतल र जारका पानी निकै चल्तीमा भएपनि ती पुरै सुरक्षित छन् भन्न सक्ने अवस्था छैन ।

drतुलनात्मक रूपमा पानी उमालेर पिउनु महङ्गो देखिएपनि  विरामी परेपछि उपचार गर्न लागेको खर्चसँग तुलना गर्ने हो भने निकै सस्तो र सुरक्षित हुन्छ । विभिन्न किसिमका यौनरोग र एच.आइ.भी.÷एड्स पनि प्राय गरेर आफ्नै कारण या आफ्नै प्रियजनका कारण लाग्ने गर्छन । आफ्नो वानी र व्यवहार कै कारण यस्ता रोगहरु लागेर समस्या भोग्नु पर्ने हुन्छ । आफुले चाह्यो भने यस्ता रोगबाट पुरै बच्न सकिन्छ । कुनै पुरा निको हुने रोग हुन्छन, तर कुनै त पुरा निको हुदैनन ।

जिन्दगीभर समय–समयमा रगत परिक्षण गर्नुपर्ने, रोग वढ्छ कि भन्ने त्रासमा बस्नु पर्ने, आफ्नो सुखी पारीवारिक जीवनमा नराम्रो असर पर्ने र रोग बढेमा धेरै दुःख र धनराशी खर्च हुने हुँदा यस्ता रोगै नलागुन भनेर बेलैमा सर्तक हुनु राम्रो हो ।
चुरोट पिएकै कारण दम खोकीदेखि फोक्सोको क्यान्सर जस्ता रोग बढिरहेका छन् । ‘धुम्रपान स्वास्थ्यको लागि हानीकारक छ’ भन्ने चुरोटको बट्टा मै लेख्दा पनि चुरोट पिउनेहरुले जानीजानी नजरअन्दाज गरी चुरोट पिउनेले परिणाम नभोगे कस्ले भोग्छ ? रोग लागिसके पछि विरामी वा तीनका परिवारले औषधीमै सबै समाधान खोज्नु हुन्छ, तर औषधीले बिग्रीसकेको फोक्सोलाई पहिलेको जस्तै स्वस्थ्य वनाउन सक्दैन । उपचारले केही सजिलो अवश्य पनि हुन्छ तर रोगै नलागे जस्तो अवस्थामा पु¥याउन सकिदैन ।

बढी रक्सी पिउनेहरुलाई मष्तिस्कका विभिन्न रोगदेखि लिएर कलेजो, पेट, नशा आदिमा विभिन्न समस्य देखिन्छ । आफुलाई रोग लाग्ला की भन्ने कुनै परवाह नै नगरी रक्सी पिउने वानी छोड्ने कि र निको नहुने खालका रोग लिएर अस्पताल÷ल्किनिक धाउने ? दैनीक जीवनमा ख्याल गर्नुपर्ने कुरा हो यो । यी कुरा नयाँ हुन भन्ने नलागेपनि हामीले दैनिक जीवनमा भने अपनाउँन सकिरहेका छौ ।

मानिसहरुको सोचाई छ, धेरै नाम चलेको डाक्टर कहाँ जचाउन गयो भने, ठूलो अस्पतालमा भर्ना भयो वा ठूला ठूला वा महंगा परिक्षण ग¥यो भने जस्तो रोग पनि निको हुन्छ । तर वास्तविकता अर्कै छ, शरीरमा रोग लागिसकेपछि रोग नलागे कै अवस्थामा ल्याउन निकै कठिन छ । रोगलाई नियन्त्रणमा राख्न सकिएला, दुखाई कम गर्न सकिएला तर पहिले जस्तै निरोगी अवस्थामा पु¥याउन कुनै कुनै रोगहरुमा मात्र सम्भव हुन्छ । त्यसैले सकभर रोग नलागोस् भन्ने तर्फ नै ध्यान दिनु राम्रो हुन्छ ।

निरोगी हुनु भनेको जीन्दगी राम्रोसँग विताउनु हो, आयश्रोत वढाउनु हो, उत्पादनशील बन्नु हो, आफ्नो परिवारलाई सुख दिनु हो र आफ्नो समुदाय तथा देशकै लागि केही गर्न सक्नु हो । हामी निरोगी हुनको लागि हामीले के कस्तो खानेकुरा खान्छौ, कस्तो पानी पिउछौ, कस्तो जीवनशैली अपनाउछौ आदि धेरै कुरामा भर पर्छ । सबभन्दा पहिलो कुरा भनेको ‘म स्वस्थ्य रहन चाहन्छु, म निरोगी रहन चाहन्छु र मेरो स्वास्थ्य सकभर राम्रो होस भन्ने चाहन्छु भन्ने चेतना हुनु’ हो । यस्तो त सवैले चाहन्छन नि ? भन्ने । तर कुरा अर्कै छ । मानिसहरु सोच्दछन जे हुन्छ अरुलाई हुन्छ र आफुलाई हुदैन । टाइफाइड, झाडा वान्ता, कलेरा, हेपाटाइटीस, क्षयरोग, मलेरिया, यौनरोग, एच.आइ.भी.÷एड्स, दमखोकी, विभिन्न क्यान्सर, कलेजाका रोग, मुटुरोग, मधुमेह वा मृगौलाका रोगहरु आदि जे जति रोगहरु छन ती अरुलाई मात्र हुन्छन, आफुलाई हुदैनन् । यदि लापरवाही गरेमा मलाई पनि रोग लाग्न सक्छ भन्ने याद राख्ने हो भने स्वास्थ्यलाई हानी गर्ने कुराहरुबाट सकभर टाढै बस्नुपर्छ ।
राम्रो स्वास्थ्यको कुरा गर्दा जहिले पनि खाने पिउने कुराहरुमा विशेष ध्यान दिने र स्वस्थ्यकर जीवनशैली अपनाउने कुराहरु गरिन्छ । खानेकुराबारे भन्नु पर्दा चिल्लो, तारेको, बोसो भएको, रातो मासु, चिनी÷मिठाई र फास्टफूडहरु सकभर कम खानु राम्रो हुन्छ । त्यस्तै गरेर विभिन्न फलफुलहरु, सागपातहरु, गेडागुडीहरु आदि आवश्यक मात्रामा वा भनौ भोक मर्नेगरी खान सकिन्छ । पिउने कुराहरुमा स्वच्छ पानी, चिनी कम हालेर वा नहालीकन कालो चिया, चिनी नराखी ग्रीनटी, बढी चिल्लो नभएको तथा क्रिम नभएको विभिन्न सुपहरु लिन सकिन्छ ।

त्यसैगरी नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो वजन वढ्न नदिने, स्वस्थ्यलाई हानी गर्ने खाने पिउने कुराहरु नलिने, परिवारमा आत्मीयता तथा प्रेमका साथ बस्ने, मानसिक तनाव सकभर कम गर्ने र तनाव भै हाल्यो भने यसको व्यवस्थापन गर्नु राम्रो हुन्छ । खानपिनमा विशेष ध्यानदिने र स्वस्थ्य जीवनशैली बिताउनेहरुलाई मुटुरोग, मधुमेह, उच्च रक्तचाप, रगतमा कोलेस्टेरोलका समस्यालगाएत विभिन्न क्यान्सरहरु समेत कम गर्न सकिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१