केजरीवालले गरे नेपालीको तारिफ,भने -‘नेपालीहरू निकै मेहनती र इमान्दार छन्’

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७२, शुक्रबार ११:४०

काठमाडौं, ८ जेठ । भ्रष्टाचारविरुद्ध आन्दोलनबाट उदाएका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भूकम्पबाट प्रभावीत नेपालको बारेमा चिन्ता व्यक्त गर्दै आफुले सघाउने बताएका छन् । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बिहिबार नयाँ दिल्लीका मुख्य मन्त्री तथा आमआद्मी पार्टीका अध्यक्ष केजरीवाललाई भेटेका थिए । भेटमा उपाध्यायले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्‍याउन आग्रह गरेका थिए । नेपालका अधिकांश अस्पतालमा भेन्टिलेटर नभएकाले स्वास्थ्य सेवा पर्याप्त हुन नसकेको बारे केजरीवाललाई राजदूत उपाध्यायले जानकारी गराएका नयाँदिल्लीस्थित नेपाली दुतावासले जनाएको छ ।

nepaliजवाफमा मुख्यमन्त्री केजरीवालले नेपालको दुःखमा आफूहरू पनि सँगसँगै रहेको बताउँदै हरेक किसिमको सहयोग गर्न आफूहरू तयार रहेको आश्वासन दिएका थिए । नेपालीहरू निकै मेहनती र इमान्दार भएकाले अहिलेको दुःखलाई अवसरका रुपमा परिणत गर्न सक्षम हुने विश्वास पनि केजरीवालले व्यक्त गरेका थिए । मुख्यमन्त्री केजरीवालले भूकम्प गएको थाहा पाउनासाथ आफूलाई फोन गरेर दुस्ख व्यक्त गर्नुभएको राजदूत उपाध्यायले जानकारी दिए ।
केजरीवालले नेपालप्रति आफ्नो निकै सद्भाव भएकाले चाँडै नै नेपालको भ्रमणमा जान आफू इच्छुक भएको पनि बताएका छन् । भारतमा भ्रष्टाचारविरुद्धको अभियानको नेतृत्वकर्ताका रुपमा चिनिएकाले केजरीवाललाई स्वागत गर्न नेपालीहरू आतुर रहेको राजदूत उपाध्यायले बताएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१