कामदारको अधिकार सुनिश्चित गर्न कतार असफल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ जेष्ठ २०७२, शुक्रबार ११:२२

katarएजेन्सी । मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संस्था एमनेष्टी इन्टरनेशनले प्रतिबद्धता अनुसार कामदारको अधिकार सुनिश्चित गर्न कतार असफल भएको बताएको छ । एमनेष्टीले एक प्रतिवेदन सार्वजनिक गदै कतारमा निर्माण कार्यमा संलग्न आप्रवासी कामदारको स्थिति अझै नाजुक रहेको दाबी गरेको हो । कतारले उल्लेखीय रुपमा नभएपनि केही सुधार भने गरेको एमनेष्टीको भनाई छ । कतार सरकारले सन् २०१५ को अन्त्यसम्ममा प्रतिबद्धता अनुसार आप्रवासी कामदारको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो । सन् २०२२ मा कतारमा आयोजना हुने भनिएको विश्वकप फुटबलको लागि आवश्यक पूर्वाधार तयार गर्न कतारमा १५ लाख आप्रवासी कामदार कार्यरत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१