सोलोमोनमा गयो ६.९ रिक्टर स्केलको भूकम्प

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७२, बिहीबार १३:२३

सिड्नी ७ जेठ । बिहीबार सोलोमोन द्विपमा ६.९ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जानकारी दिएको छ । तर यस भूकम्पपछाडि सुनामीको चेतावनी नदिइएको र यसबाट कुनै ठूलो क्षति पनि नभएको अनुमान गरिएको छ । सोलोमोन द्विपको लतादेखि १८४ किलोमिटर टाढा र राजधानी होनीआरादेखि ४८७ किलोमिटर टाढा १९ किलोमिटर गहिराईमा रहेको पनि सो संस्थाले जनाएको छ । बिहीबार गएको ६.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पपछि ४.९ रिक्टर स्केलको भूकम्प गएको जनााइएको छ । हालसम्म प्राप्त डाटासँग आवद्ध समाचारअनुसार सो शक्तिशाली भूकम्पपछि पनि सुनामी चेतावनी भने नदिएको प्रशान्तमहासागरिय सुनामी चेतावनी केन्द्रले जनाएको छ ।

18382_S_Solomon-Isles-lसोलोमोन द्विप अग्नीचक्रभित्र पर्ने देश भएको हुनाले यहाँ भूकम्प र ज्वालामूखी विस्फोट जस्ता घटना भईरहने गर्दछ । सोलोमोन विश्वको तुलानामा नै एक भूकम्पीय क्षेत्र भएको हुनाले यहाँ तीन बर्षयता ६.० रिक्टर स्केल भन्दा बढीको ३० भन्दा बढी भूकम्प आइसकेको अष्ट्रेलियाली भूकम्पविज्ञ मार्को मालडोनीले बताए । यसै महिनाको सुरुमा पनि छिमेकमा पर्ने पपुवा न्यु गिनीमा ७ .१ रिक्टर स्केलको भूकम्प गएको र सुनामी चेतावनी दिइएको थियो । तर यस भूकम्पबाट ठूलो क्षति भने नभएको जनाइएको थियो । सोलोमोन द्विपमा सन् २०१३ मा ८.० रिक्टर स्केलको भूकम्प गएको र यसबाट कम्तीमा १० व्यक्तिको मृत्यु भएको थियो । सो भूकम्पबाट हजारौ व्यक्ति घरवारबिहिन भएका थिए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, जेष्ठ ४, २०८१