बलिउडको करियरमा अभिनेता रणवीर कपुरले धेरै सफल चलचित्र दर्शकलाई दिएका छन् । दर्शकको रोजाइमा राम्रैसँग पर्न सफल बलिउडका चर्चित अभिनेता रणवीर कपुरले अभिनय गरेको पछिल्लो चलचित्र बम्बे भेलबेट भने उनको करियरकै सबैभन्दा असफल चलचित्र बनेको छ । २०१५ को सर्वाधिक महंगो चलचित्र बम्बे भेलबेटले प्रदर्शनमा आएको झण्डैं एक हप्ता वित्न लाग्दा १६ करोडको मात्र व्यापार गर्न सफल भएको छ ।
यो व्यापार रणवीरले अभिनय गरेको अन्य चलचित्र भन्दा अत्याधिक कम व्यापार गर्ने चलचित्र बनेको भारतीय सञ्चामाध्यमहरुले जनाएका छन् । करिब सय करोड भारुमा निर्माण गरिएको यस चलचित्रले सुरुवाती सप्ताहमा ३५ देखी ४० करोड भारुको कमाइ गर्ने विश्वास गरिएको थियो। तर यस चलचित्रले एक हप्ता पुग्नै लाग्दा पनि १६ करोड भन्दा माथिको व्यापार गर्न सकेको छैन् । अनुराग कश्यपले निर्देशन गरेको चलचित्र ‘बम्बे बेलवेट’मा रणवीर कपुर,अनुष्का शर्माले मुख्य भूमिका निभाएका छन् ।
प्रतिक्रिया