काठमाडौं,७ जेठ । नेपाल पर्यटन बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्वार राहत कोषमा ५ करोड रुपैयाँ जम्मा गरेको छ । भूकम्पपीडितहरुको राहत तथा क्षति पुगेको संरचनाहरुको पुर्ननिर्माणका लागि बोर्डले ५ करोड रुपैयाँ प्रधानमन्त्री सुशील कोइरालालाई प्रदान गरेको छ ।
सो क्रममा प्रधानमन्त्री सुशील कोइरालाले राहतको रकम दुरुपयोग भएको पाइएमा सूचना गर्न आग्रह गरेका छन् । कोषमा जम्मा भएको राहत रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउँदै उनले पीडितहरुका लागि जम्मा भएको रकम कतैबाट दुरुपयोग भएको सूचना पाएमा कडा कारबाही गरिने प्रतिबद्धता पनि दोहोर्याए ।
उक्त हस्तानतरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयका सचिब एवं नेपाल पर्यटन वोर्डका अध्यक्ष श्री सुरेशमान श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरीक उडड्यन मन्त्रालयका सहसचिब श्री उमाकान्त पराजुली, नेपाल पर्यटन वोर्डका सदस्य श्री राजेन्द्र सापकोटा, नेपाल पर्यटन वोर्डका प्रशासकीय प्रमुख श्री रमेश कुमार अधिकारी एवं नेपाल पर्यटन वोर्डका वरिष्ठ प्रबन्धक उज्बला दलीको उपस्थिति थियो ।
प्रतिक्रिया