माइसेट फाउन्डेसनको एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ जेष्ठ २०७२, बिहीबार ११:०६

wifiकाठमाडौं,७ जेठ । विनाशकारी भूकम्पपछि जिल्लाका अधिकांश स्थान सञ्चार सम्पर्कविहीन भइरहेका बेला मेलम्ची क्षेत्रमा रेडियो मेलम्चीको प्रयासमा माइसेट फाउन्डेसनले एक महिनासम्म निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको छ । यही जेठ १ गतेदेखि सुरु भएको वाइफाइ सेवा जेठ महिनाभर निःशुल्क प्रदान गरिनेछ । विनाशकारी भूकम्पपछि देशविदेशमा सम्पर्क गर्न कठिनाइ भएको तथा समाचार आदानप्रदानमा असहज भएको भन्दै निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको माइसेट फाउन्डेसनका अध्यक्ष सिर्जन श्रेष्ठले बताए ।

हामीसँग उपलब्ध स्रोत साधनको भूकम्पपीडित जनताले पनि उपभोग गर्न पाउन भनेर हाइस्पिड इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराएको माइसेटका प्रतिनिधि रञ्जित साहले भने । फ्रि वाइफाइ मेलम्ची, दुबाचौर, तालामाराङ, चनौटेलगायत बजारमा चलाउन सकिने रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले बताए । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१